नदी किनारका बासिन्दालाई उच्च सतर्कताका साथ सुरक्षित रहन आग्रह ।
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ तथा सहरी विकास सचिव गोपाल सिग्देलले चोभार–गल्छी क्षेत्रको निरीक्षण गरेका छन् ।
उक्त गल्छीबाट काठमाडौँ उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने भएकाले सो क्षेत्रको अवलोकन गरिएको हो ।
मन्त्री घिसिङले धोबीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर र बागमती नदी कोरिडोरलगायत क्षेत्रहरूको अवलोकन गरी तिनको वरिपरिका बस्तीहरूको अवस्थाबारे जानकारी लिएका छन् ।
उनीहरूले नदी किनारका बासिन्दालाई उच्च सतर्कताका साथ सुरक्षित रहन र सम्भावित जोखिमका बेला सावधानी अपनाउन आग्रह गरेका छन् ।
