यस्तो छ देशैभरका मुख्य सडकको पछिल्लो अपडेट ।
What you should know
काठमाडौँ — शुक्रबार रातिदेखिको अविरल वर्षापछि देशैभरको सडक प्रभावित भएका छन् भने सम्भावित दुर्घटनाको मध्यनगर गर्दै सरकारी स्तरबाटै ती सडकमा आउजाउ बन्द गरिएको छ । यस्तो छ बाटोको अहिलेको अवस्था :
१. भक्तपुरको साँगास्थित झोलुङ्गेपुल नजिकै झरेको पहिरोले गर्दा आवतजावत प्रभावित भएको छ ।
२.नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ तुइन खोला पुल नजिकै पहिरो केही हटाइएसँगै सवारी साधन एक लेनमा आलोपालो सञ्चालन भइरहेका छन् ।
३.कान्तिलोकपथ ललितपुरको बागमती गाउँपालिका ३ टाकुचेमा खसेको पहिरोले आवातजावत बन्द छ ।
४.फर्पिङ- सस्नेरी अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४ महालक्ष्मी खोला पहिरो माथिबाट खसेको पहिरोले पनि आवतजावत रोकिएको छ ।
५.बीपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला र बुलढुंगामा खसेको पहिरोका कारण सवारी आवागमन रोकिएको छ ।
६.अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ चारकिलोमा सडक भासिँदा ठूला सवारी साधन चल्न सकेका छैनन् ।
७.कोशी राजमार्गमा पर्ने संखुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ वरुणमा खसेको पहिरोका कारण सवारी साधन आज पनि चल्न सकेका छैनन् ।
८.पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन् ।
९.रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ रसुवागढीस्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ ।
१०.ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ६ र ७ को सिमानास्थित सिद्धिचरण लोकमार्गमा पर्ने भँडारे खोलामा आएको बाढीले गर्दा आवागमन रोकिएको छ ।
सम्बन्धित अन्य समाचार : लाइभ अपडेट : वर्षाको विपत्ति- देशैभर कहाँ के भइरहेकाे छ?
