मन्त्री उत्पादन कारखाना बने सबै तहका सरकार

संविधान जारी भएपछिका १० वर्षमा ४ व्यक्ति ९ पटक प्रधानमन्त्री र समग्रमा २८५ व्यक्ति ३८४ पटक मन्त्री बनेका छन् । त्यस्तै, ३३ व्यक्ति ४१ पटक मुख्यमन्त्री बनेका छन् । प्रदेशमा ३७७ व्यक्ति ४९४ पटक मन्त्री बनेका छन् ।

आश्विन १०, २०८२

किशोर दहाल

All levels of government became ministerial factories

काठमाडौँ — २३–२४ भदौको जेन–जी आन्दोलन र प्रदर्शनपछि २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनिन् । ६ असोजको दोस्रो विस्तारसँगै मन्त्रिपरिषद् आठ सदस्यीय बनेको छ । संविधान जारी भएपछिका १० वर्षमा कार्की नेतृत्वमा नवौं सरकार बनेको हो । यससँगै संविधान जारी भएपछिका १० वर्षमा मुलुकमा ४ व्यक्ति ९ पटक प्रधानमन्त्री बने । २८५ व्यक्ति ३८४ पटक मन्त्री बने ।

कार्की आउनुअघि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आलोपालो चलिरहेको थियो । संविधान जारी भएपछि ओली चार पटक, देउवा दुई पटक र दाहाल दुई पटक प्रधानमन्त्री बनिसकेका थिए ।

पुरानै अनुहार र पुरानै कार्यशैलीको पुनरावृत्तिले समाजमा असन्तुष्टि बढेको थियो । त्यसले जेन–जी आन्दोलनलाई समेत ऊर्जा दियो । संविधान जारीपछि गठन भएका संघीय र प्रदेश सरकारलाई केलाउने हो भने हाम्रो सत्ता संरचना नै मन्त्री उत्पादन गर्ने कारखानामा परिणत भएको प्रस्ट हुन्छ ।

संघीय सरकार : १० वर्षमा ९ सरकार

२३ र २४ भदौमा जेन–जी विद्रोह नभएको भए प्रधानमन्त्रीको कुर्सीमा केपी शर्मा ओली नै हुन्थे । र, असार २०८३ मा कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्छु भनेर भाषण गरिरहेका हुन्थे ।

१७ असार २०८१ मा देउवा र ओलीबीच भएको सहमति कुनै तरिकाले तोडिएको स्थितिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्न सक्थे वा उनको समर्थनमा देउवा वा ओली नै प्रधानमन्त्री बन्न सक्थे । यसरी देशले त्यही व्यक्तिलाई प्रधानमन्त्रीमा पाउँथ्यो, जसलाई केही महिनाअघि मात्रै बिदा गरिएको हुन्थ्यो ।

यसरी एक/दुई वर्ष आसपासमा परिवर्तन हुने सरकारका कारण प्रधानमन्त्री र मन्त्रीको संख्या भने ह्वारह्वारी बढिरहेको छ ।संविधान जारी भएपछिको पहिलो सरकार केपी शर्मा ओलीको नेतृत्वमा बनेको थियो । उनी २४ असोज २०७२ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।

संविधान जारी भएको २१ औं दिनमा प्रधानमन्त्री बनेका उनको कार्यकालमा उनीसहित ४२ जना मन्त्री बनेका थिए । त्यस्तै, २०७३ साउन १९ मा प्रधानमन्त्री बनेका पुष्पकमल दाहालको कार्यकालमा उनीसहित ४३ जना मन्त्री बनेका थिए । २०७४ जेठ २३ मा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको कार्यकालमा ६४ जना मन्त्री बनेका थिए । संविधान जारी भई पहिलो निर्वाचन नहुन्जेलको दुई वर्षको अवधिमै तीन वटा सरकार बनेका थिए ।

२०७४ को निर्वाचनपछि केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । २०७४ फागुन ३ देखि २०७८ वैशाख २७ सम्म प्रधानमन्त्री बनेका ओलीले आफूसहित ४९ जनालाई मन्त्री बनाएका थिए । २०७८ वैशाख ३० मा तेस्रो पटक प्रधानमन्त्री बनेका उनले आफूसहित ४५ जनालाई मन्त्री बनाएका थिए । उनको तेस्रो कार्यकाल दुई महिनाको मात्रै रह्यो ।

२०७८ असार २९ मा पुनः देउवा प्रधानमन्त्री बने । २०७९ पुस १० सम्म प्रधानमन्त्री बनेका देउवाले आफूसहित ३३ जनालाई मन्त्री बनाएका थिए । २०७९ पुस १० मा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले आफूसहित ५६ जनालाई मन्त्री बनाएका थिए । २०८१ असार ३० गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका ओलीले आफूसहित २७ जनालाई मन्त्री नियुक्त गरेका थिए । २७ भदौमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले आफूसहित ८ जनालाई मन्त्री नियुक्त गरिसकेकी छन् ।

केही व्यक्ति पटक–पटक मन्त्री बन्ने गरेका छन् । त्यसका बलिया सन्दर्भ हुन्, विष्णु पौडेल । प्रधानमन्त्री केपी शर्मा ओलीले २४ भदौमा राजीनामा दिनुअघिसम्म पौडेल अर्थमन्त्री थिए । संविधान जारी भएयता उनी पाँचौं पटक मन्त्री बनेका छन् । संविधान जारी भएपछि बनेको ओली सरकारमा उनी २०७२ कात्तिक १९ देखि अर्थमन्त्री बनेका थिए । त्यसपछि ओली सरकारमै २०७७ असोज २८, २०७८ वैशाख ३१ र २०८१ असार ३१ मा अर्थमन्त्री नै बनेका थिए । त्यस्तै, पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनी २०७९ पुस ११ मा अर्थमन्त्री बनेका थिए ।

प्रदेशमा पनि उस्तै अस्थिरता

२०७४ मा पहिलो पटक प्रदेशसभा स्थापना भएसँगै प्रदेश सरकारहरू गठन भए । त्यसयता ७ प्रदेशमा ३३ व्यक्ति ४१ पटक मुख्यमन्त्री बनिसकेका छन् । कोशी प्रदेशमा ६ व्यक्ति ९ पटक मुख्यमन्त्री बनिसकेका छन् । त्यस्तै, मधेश प्रदेशमा ३ व्यक्ति ३ पटक, बागमती प्रदेशमा ६ व्यक्ति ६ पटक, गण्डकीमा ४ व्यक्ति ७ पटक, लुम्बिनीमा ६ व्यक्ति ७ पटक, कर्णालीमा ४ व्यक्ति ४ पटक र सुदूरपश्चिम प्रदेशमा ४ व्यक्ति ५ पटक मुख्यमन्त्री बनिसकेका छन् । त्यस्तै, सातै प्रदेशमा गरी ३७७ व्यक्ति ४९४ पटक मन्त्री बनेका छन् । मन्त्री बनेकाको यो संख्या मुख्यमन्त्रीसहितको हो ।

कोशी प्रदेशमा ६२ जना ९२ पटक मन्त्री बनेका छन् । त्यस्तै, मधेश प्रदेशमा ६२ जना ७९ पटक, बागमती प्रदेशमा ८३ जना ९५ पटक, गण्डकी प्रदेशमा ३८ जना ५७ पटक, लुम्बिनीमा ५७ जना ८२ पटक, कर्णालीमा ४४ जना ५१ पटक र सुदूरपश्चिममा ३१ जना ३८ पटक मन्त्री बनिसकेका छन् ।

कोशी प्रदेश : ६२ जना व्यक्ति ९२ पटक मन्त्री

२०७४ मा कोशी प्रदेशसभा गठन भएपछि यो प्रदेशबाट ३ जना मुख्यमन्त्री बनेका थिए– शेरधन राई, भीम आचार्य र राजेन्द्रकुमार राई । शेरधनले आफूसहित १३ जनालाई मन्त्री बनाएका थिए । टंक आम्बुहाङ लिम्बूलाई दोहोर्‍याएर मन्त्री बनाइएकाले उनको कार्यकालमा १३ व्यक्ति १४ पटक मन्त्री बनेका थिए । त्यस्तै, भीम आचार्यले आफूसहित ८ र राजेन्द्रकुमार राईले आफूसहित १४ जनालाई मन्त्री बनाएका थिए । प्रदेशसभाको पहिलो कार्यकालमा टंक आम्बुहाङ र इन्द्रबहादुर आङ्बो दुई–दुई पटक मन्त्री बनेका थिए ।

त्यस्तै, खिनु लङ्वा लिम्बू, रामबहादुर मगर, हिमाल कार्की, कला घले, अम्बिरबाबु गुरुङ, राजन राई, रामकुमार राई, झलकबहादुर थापा, हीराकुमार थापा, हिक्मतकुमार कार्की, बहादुर साम्सोहाङ, लछुमन तिवारी, उपेन्द्रप्रसाद घिमिरे, लीलाबल्लभ अधिकारी, राजकुमार ओझा, विजयकुमार विश्वास, जीवन घिमिरे, ज्ञानेश्वर राजवंशी, जयराम यादव, केदार कार्की, तुलसीप्रसाद न्यौपाने, जगदीशप्रसाद कुसियैत, उत्तमकुमार बस्नेत, शेखरचन्द्र थापा, प्रताप प्रकाश हाङगाम, ओम सरावगी, जसमाया गजमेर, उषाकला राई र विष्णु तुम्बाहाम्फे एक–एक पटक मन्त्री बनेका थिए ।

यसरी कोशी प्रदेशसभाको पहिलो कार्यकालमा मुख्यमन्त्रीसहित ३४ व्यक्ति ३६ पटक मन्त्री बनेका थिए । कोशी प्रदेशका अहिलेका मुख्यमन्त्री हुन्, हिक्मत कार्की । उनी प्रदेशसभाको यसै कार्यकालमा तीन पटक मुख्यमन्त्री बनिसकेका छन् । उनी २०७९ पुस २४, २०८० भदौ २२ र २०८१ वैशाख २७ मा मुख्यमन्त्री नियुक्त भएका हुन् । कार्की २०७४ मा गठित प्रदेशसभामा पनि सदस्य थिए । उनी शेरधन राई नेतृत्वको सरकारमा मन्त्रीसमेत बनेका थिए ।

२०७९ को निर्वाचनपछि सबैभन्दा अस्थिर सरकारहरू यसै प्रदेशमा बनेका छन् । जसअनुसार, तीन जना नेताहरू (हिक्मत कार्की, उद्धव थापा र केदार कार्की) ६ पटक मुख्यमन्त्री नियुक्त भइसकेका छन् । हिक्मत ३, उद्धव २ र केदार १ पटक मुख्यमन्त्री नियुक्त भएका हुन् ।

हिक्मतले पहिलो कार्यकालमा आफूसहित ७ र दोस्रो कार्यकालमा आफूसहित ९ जनालाई मन्त्री बनाएका थिए । तेस्रो कार्यकालमा १५ जना मन्त्री बनिसकेका छन् । सुरुवातमा माओवादीसँगको सहकार्यमा सरकार गठन गरेका उनले पछि कांग्रेससँग सहकार्य गरेका हुन् । उद्धव थापाले दुवै कार्यकालमा आफूसहित ६/६ जनालाई मन्त्री बनाएका थिए । केदार कार्कीले आफूसहित ११ जनालाई मन्त्री बनाएका थिए । 

प्रदेशसभाको दोस्रो कार्यकालमा कोशी प्रदेशबाट मुख्यमन्त्रीसहित ३२ जना मन्त्री बनिसकेका छन् । कमलप्रसाद जबेगु, राजेन्द्र कार्की र प्रदीपकुमार सुनुवार तीन–तीन पटक मन्त्री बनिसकेका छन् । त्यस्तै, तिलकुमार मेन्याङ्बो, रामबहादुर मगर, एकराज कार्की, जीवन आचार्य, गणेशप्रसाद उप्रेती, लीलाबल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी, पाँचकर्ण राई, नारायणबहादुर मगर, रामकुमार खत्री, सिर्जना राई दुई–दुई पटक मन्त्री बनिसकेका छन् ।

यसैगरी, खगेनसिंह हाङगाम, शमशेर राई, भूमिप्रसाद राजवंशी, भक्तिप्रसाद सिटौला, दुर्गाप्रसाद चापागाईं, निरन राई, सदानन्द मण्डल, रेवतीरमण भण्डारी, रामप्रसाद महतो, भूपेन्द्र राई, बाबुराम गौतम, इन्दिरा थापा, सुनिताकुमारी गुरुङ, बन्दना झागर, निर्मला लिम्बू एक–एक पटक मन्त्री बनिसकेका छन् । यसरी प्रदेशसभाको दोस्रो कार्यकालमा ३२ जना नेता ५६ पटक मन्त्री बनेका छन् । चार जना भने कोशी प्रदेशसभाको दुवै कार्यकालमा मन्त्री भइसकेका छन्– रामबहादुर, हिक्मतकुमार कार्की, लीलाबल्लभ अधिकारी र केदार कार्की । कोशी प्रदेशमा दुवै प्रदेशसभामा गरी ६२ जना व्यक्ति ९२ पटक मन्त्री बनेका छन् ।

मधेश प्रदेश : ६२ व्यक्ति ७९ पटक मन्त्री

मधेश प्रदेशको पहिलो कार्यकालमा एक जना मात्रै मुख्यमन्त्री बनेका थिए– लालबाबु राउत । तर, पाँच वर्षमा पटक–पटक गठबन्धन परिवर्तन भएकाले मन्त्रिपरिषद् भने पटक–पटक पुनर्गठन भएको थियो । २०७४ फागुन २ गते मुख्यमन्त्री नियुक्त भएका राउतले पाँचवर्षे कार्यकालमा पटक–पटक गरी आफूसहित २१ जनालाई मन्त्री बनाएका थिए ।

राउतको कार्यकालमा विजयकुमार यादव, जितेन्द्र सोनल, ज्ञानेन्द्रकुमार यादव, शैलेन्द्रप्रसाद साह, नवलकिशोर साह सुडी, रामनरेश यादव, उषा यादव, सरोजसिंह कुशवाह, योगेन्द्र राय यादव, डा. डिम्पल झा, अभिराम शर्मा, सुरेश मण्डल, रामसरोज यादव, ओमप्रकाश शर्मा, वीरेन्द्र सिंह, भरतप्रसाद साह, रुवीकुमारी कर्ण, शत्रुधन महतो, प्रमोदकुमार यादव, नागेन्द्र राय यादव एक–एक पटक मन्त्री बनेका थिए ।

प्रदेशसभाको दोस्रो कार्यकालमा भने दुई जना मुख्यमन्त्री बनिसकेका छन्– सरोजकुमार यादव (बारा) र सतिशकुमार सिंह ।२०७९ पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका सरोजकुमार यादवले आफूसहित २६ व्यक्तिलाई ३० पटक मन्त्री बनाएका थिए । त्यस्तै, २०८१ जेठ २५ मा मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले आफूसहित २८ मन्त्री बनाइसकेका छन् ।

प्रदेशसभाको दोस्रो कार्यकालमा राजकुमार लेखी, शत्रुधनप्रसाद सिंह, सरोजकुमार यादव (महोत्तरी), केशव राय तीन–तीन पटक मन्त्री भइसकेका छन् । त्यस्तै, गोविन्दबहादुर न्यौपाने, सञ्जयकुमार यादव (सिरहा), शारदादेवी थापा, भरतप्रसाद साह, बेची लुंगेली, युवराज भट्टराई, मोहम्मद जैद आलम, प्रमोदकुमार जयसवाल, वसन्तकुमार कुशवाह दुई–दुई पटक मन्त्री बनिसकेका छन् ।

मोहम्मद समिम, सकिल मियाँ, महेशप्रसाद यादव, शम्भुकुमार साह, त्रिभुवन साह, रामबाबु यादव, शेषनारायण यादव, सुरिताकुमारी साह, रानीकुमारी तिवारी, वीरेन्द्रप्रसाद मिश्र, सञ्जयकुमार यादव (सर्लाही), कौशलकिशोर राय, सुनीलकुमार यादव, कृष्णप्रसाद यादव, शेख अबुलकलाम आजाद, रहवर अन्सारी, सिंगासन सा कलवार, जनार्दनसिंह क्षेत्री, रमेशप्रसाद कुर्मी, रेखा ठाकुर, नीलमकुमार रजक, चन्दनकुमार सिंह, रञ्जुकुमारी मण्डल खंग, सुनिता यादव, विमला अन्सारी तरन्नुम र उर्मिलादेवी सिंह एक–एक पटक मन्त्री बनिसकेका छन् ।

यसरी मधेश प्रदेशसभाको दोस्रो कार्यकालमा ४१ व्यक्ति ५८ पटक मन्त्री बनिसकेका छन् । मधेश प्रदेशसभाको दुवै कार्यकालमा भने ६२ व्यक्ति ७९ पटक मन्त्री बनेका छन् ।

बागमती प्रदेश : ८३ व्यक्ति ९५ पटक मन्त्री

२०७४ मा गठित पहिलो प्रदेशसभामा बागमती प्रदेशमा तीन जना मुख्यमन्त्री बनेका थिए– डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे । २०७४ माघ २८ मा मुख्यमन्त्री बनेका डोरमणि पौडेलले आफूसहित ११ जना मन्त्री नियुक्त गरेका थिए । २०७८ भदौ २ मा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले आफूसहित १३ जनालाई मन्त्री नियुक्त गरेकी थिइन् । त्यस्तै, २०७८ कात्तिक ११ मा मुख्यमन्त्री नियुक्त भएका राजेन्द्र पाण्डेले आफूसहित १८ जनालाई मन्त्री नियुक्त गरेका थिए ।

पहिलो कार्यकालमा कृष्णप्रसाद शर्मा खनाल, शालिकराम जम्कट्टेल, केशवराज पाण्डे दुई–दुई पटक मन्त्री बनेका थिए । त्यस्तै दीपेन्द्र श्रेष्ठ, केशव स्थापित, वसन्तप्रसाद मानन्धर, अजयक्रान्ति शाक्य, रत्नप्रसाद ढकाल, चन्द्रबहादुर लामा, बसुन्धरा हुमागाईं, दाबा दोर्जे लामा, घनश्याम दाहाल, विजय सुवेदी, विशाल खड्का, रामकुमार अधिकारी, बद्री मैनाली, कृष्णलाल भँडेल, कुमारी मुक्तान, शान्तिप्रसाद पौडेल, कैलाशप्रसाद ढुंगेल, जीवन खड्का, अरुणप्रसाद नेपाल, सरेश नेपाल, युवराज दुलाल, निमा लामा, प्रदीपकुमार कटुवाल क्षेत्री, मिलन श्रेष्ठ, सन्तबहादुर प्रजा, कल्पना नेपाली, रजनी जोन्छे, बलराम पौडेल, जुनेलीमाया श्रेष्ठ, सरस्वती बाटी, रचना खड्का, सरस्वती बस्नेत, इन्द्रमाया गुरुङ एक–एक पटक मन्त्री बनेका थिए ।

यसरी प्रदेशसभाको पहिलो कार्यकालमा ३९ व्यक्ति ४२ पटक मन्त्री बनेका थिए । प्रदेशसभाको दोस्रो कार्यकालमा बागमती प्रदेशमा तीन जना मुख्यमन्त्री बनिसकेका छन्– शालिकराम जम्कट्टेल, बहादुरसिंह लामा र इन्द्र बानियाँ । २०७९ पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका शालिकराम जम्कट्टेलले आफूसहित २१ मन्त्री नियुक्त गरेका थिए । २०८१ साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका बहादुरसिंह लामाले आफूसहित १८ मन्त्री नियुक्त गरेका थिए । २०८२ साउन २० मा मुख्यमन्त्री नियुक्त भएका इन्द्र बानियाँले आफूसहित १४ मन्त्री नियुक्त गरिसकेका छन् ।

केशवप्रसाद पोखरेल, प्रकाश श्रेष्ठ, किरण थापामगर, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ दुई–दुई पटक मन्त्री नियुक्त भइसकेका छन् ।त्यस्तै, कुन्दनराज काफ्ले, भरतबहादुर केसी, गंगानारायण श्रेष्ठ, प्रभात तामाङ, मदुकुमार श्रेष्ठ, डम्बर तामाङ, पुकार महर्जन, शैलेन्द्रमान बज्राचार्य, हरिप्रभा खड्गी, राजु विष्ट, विमल ठकुरी, जयराम थापा, श्यामबहादुर खड्का, अमनकुमार मास्के, रमा आलेमगर, सुरजचन्द्र लामिछाने, उद्धव थापा, सुरेश श्रेष्ठ, राजेन्द्रमान श्रेष्ठ, मधुसुदन पौडेल, मीनकृष्ण महर्जन, प्रेमभक्त महर्जन, रामकृष्ण चित्रकार, लक्ष्मण लम्साल, कञ्चनचन्द्र वादे, तीर्थबहादुर लामा, युवराज दुलाल, मसिना खड्का, कृष्णकुमार तामाङ, कुमारी मुक्तान, जगनाथ थपलिया, कृष्णप्रसाद सिलवाल, उत्तम जोशी, बिन्दु श्रेष्ठ, शुकमाया तामाङ, दिनेशचन्द्र देवकोटा, शिवराज अधिकारी, उर्मिला नेपाल र बिनु रायमाझी पौडेल एक–एक पटक मन्त्री बनिसकेका छन् । मुख्यमन्त्री बन्नुअघि बहादुर सिंह लामा पनि एक पटक मन्त्री बनेका थिए ।

यसरी बागमती प्रदेशसभाको दोस्रो कार्यकालमा ४७ जना व्यक्ति ५३ पटक मन्त्री बनिसकेका छन् । तीन जनाले भने बागमती प्रदेशको दुवै सभामा मन्त्री/मुख्यमन्त्री बन्ने अवसर पाएका छन्– शालिकराम जम्कट्टेल, युवराज दुलाल र कुमारी मुक्तान । यसरी बागमती प्रदेशमा हालसम्म ८३ व्यक्ति ९५ पटक मन्त्री बनेका छन् ।

गण्डकी प्रदेश : ३८ व्यक्ति ५७ पटक मन्त्री

गण्डकी प्रदेशसभाको पहिलो कार्यकालमा दुई जना नेता तीन पटक मुख्यमन्त्री बनेका थिए– पृथ्वीसुब्बा गुरुङ दुई पटक र कृष्णचन्द्र नेपाली पोखरेल एक पटक । गुरुङले पहिलो कार्यकालमा आफूसहित ८ जना र दोस्रो कार्यकालमा आफूसहित ६ जनालाई मन्त्री बनाएका थिए । पोखरेलले आफूसहित १२ जनालाई मन्त्री बनाएका थिए ।

प्रदेशसभाको पहिलो कार्यकालमा गठित तीन वटै सरकारमा राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका थिए । त्यस्तै, रामशरण बस्नेत, किरण गुरुङ, विकास लम्साल, नरदेवी पुन मगर दुई–दुई पटक मन्त्री बनेका थिए ।

त्यस्तै, बिन्दुकुमार थापा, रामजीप्रसाद बराल जीवन, लेखबहादुर थापामगर, हरिशरण आचार्य, हरिबहादुर चुमान, चन्द्रबहादुर बुढा, दीपक थापा, दोबाटे विश्वकर्मा, कुमार खड्का, मणिभद्र शर्मा कँडेल, मेखलाल श्रेष्ठ र मधुमाया अधिकारी गुरुङ एक–एक पटक मन्त्री बनेका थिए । यसरी प्रदेशसभाको पहिलो कार्यकालमा १९ व्यक्ति २६ पटक मन्त्री बनेका थिए ।

२०७९ को निर्वाचनबाट दोस्रो प्रदेशसभा गठन भएपछि भने गण्डकीमा २ व्यक्ति ४ पटक मुख्यमन्त्री बनिसकेका छन्– खगराज अधिकारी २ पटक र सुरेन्द्रराज पाण्डे २ पटक ।

खगराज अधिकारी पहिलो पटक २०७९ पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । त्यतिबेला उनले आफूसहित ७ मन्त्री नियुक्त गरेका थिए । उनीपछि २०८० वैशाख १४ मा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । त्यतिबेला उनले आफूसहित ८ मन्त्री नियुक्त गरेका थिए । पाण्डेपछि पुनः अधिकारी नै मुख्यमन्त्री नियुक्त भए ।

२०८० चैत २५ मा दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त भएका अधिकारीले आफूसहित ५ मन्त्री नियुक्त गरेका थिए । २०८१ जेठ १६ मा दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त भएका पाण्डेले आफूसहित १० जनालाई मन्त्री बनाइसकेका छन् । पाण्डेको दोस्रो कार्यकालमा फणीन्द्र देवकोटा दुई पटक मन्त्री बनेका छन् । अर्थात्, १० व्यक्ति ११ पटक मन्त्री बनेका छन् ।

प्रदेशसभाको दोस्रो कार्यकालमा राजीव गुरुङ (दीपक मनाङे) तीन पटक मन्त्री बनिसकेका छन् । त्यस्तै, फणीन्द्र देवकोटा, वेदकुमार गुरुङ, हरिबहादुर चुमान, सीताकुमारी सुन्दास, रेशमबहादुर जुग्जाली दुई–दुई पटक मन्त्री बनिसकेका छन् ।

टकराज गुरुङ, भेषबहादुर पौडेल, बिन्दुकुमार थापा, जितप्रकाश आलेमगर, पदमा जीसी, महेन्द्रध्वज जीसी, रोशनबहादुर गाहा थापा, दीपेन्द्रबहादुर थापा, मित्रलाल बस्याल, कृष्णप्रसाद पाठक, प्रकाशबहादुर केसी, सरस्वती अर्याल, सुशीला सिंखडा र पञ्चराम गुरुङ एक–एक पटक मन्त्री बनिसकेका छन् । यसरी प्रदेशसभाको दोस्रो कार्यकालमा २२ जना व्यक्ति ३१ पटक मन्त्री बनेका छन् ।

प्रदेशसभाको दुवै कार्यकालमा मन्त्री बन्नेहरू पनि छन्– राजीव गुरुङ (दीपक मनाङे), बिन्दुकुमार थापा, हरिबहादुर चुमान छन् । यसरी गण्डकी प्रदेशमा ३८ व्यक्ति ५७ पटक मन्त्री बनेका छन् ।

लुम्बिनी प्रदेश : ५७ व्यक्ति ८२ पटक मन्त्री

२०७४ मा गठित पहिलो प्रदेशसभामा लुम्बिनी प्रदेशमा दुई व्यक्ति तीन पटक मन्त्री बनेका थिए– शंकर पोखेरल दुई पटक र कुलप्रसाद केसी एक पटक ।

पहिलो पटक २०७४ फागुन २ मा मुख्यमन्त्री बनेका पोखरेलले आफूसहित १० मन्त्री नियुक्त गरेका थिए । २०७८ वैशाख १९ मा दोस्रो पटक मुख्यमन्त्री बनेपछि पनि उनले आफूसहित १० जना मन्त्री नै नियुक्त गरेका थिए । २०७८ साउन २८ मा मुख्यमन्त्री नियुक्त भएका कुलप्रसाद केसीले भने आफूसहित १७ जनालाई मन्त्री नियुक्त गरेका थिए ।

प्रदेशसभाको पहिलो कार्यकालमा सुमन रायमाझी तीन पटक मन्त्री बनेका थिए । त्यस्तै, बैजनाथ चौधरी थारू, विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डे दुई–दुई पटक मन्त्री बनेका थिए । चेतनारायण यादव, सहसराम यादव, धर्मबहादुर लाल श्रीवास्तव, सुदर्शन बराल, इन्द्रजित थारू, डिल्लीबहादुर चौधरी, विमला वली, अजय शाही, हरिप्रसाद रिजाल, कृष्णध्वज खड्का, तिलकराम शर्मा, आरती पौडेल, सुरेन्द्रबहादुर हमाल, लीला गिरी, भोजराज श्रेष्ठ, बसीउद्दिन खाँ, अर्जुनकुमार श्रेष्ठ, रीना नेपाल विक, वीरबहादुर राना, रमा घर्ती, सुष्मा यादव र पुर्मती ढेंगा एकए–क पटक मन्त्री बनेका थिए । मुख्यमन्त्रीसमेत बनेका कुलप्रसाद केसी पनि एक पटक मन्त्री बनेका थिए । यसरी लुम्बिनी प्रदेशको पहिलो प्रदेशको कार्यकालमा २९ व्यक्ति ३७ पटक मन्त्री बनेका थिए ।

२०७९ मा गठित दोस्रो प्रदेशसभामा लुम्बिनी प्रदेशमा मात्रै चार जना मुख्यमन्त्री नियुक्त भइसकेका छन्– लीला गिरी, डिल्लीबहादुर चौधरी, जोखबहादुर महरा र चेतनारायण आचार्य ।

२०७९ पुस २७ मा मुख्यमन्त्री बनेका लीला गिरीले आफूसहित ११ मन्त्री नियुक्त गरेका थिए । त्यस्तै, २०८० वैशाख १४ मा मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले आफूसहित ९ र २०८० चैत २३ मा मुख्यमन्त्री बनेका जोखबहादुर महराले आफूसहित १२ मन्त्री नियुक्त गरेका थिए । वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यले आफूसहित १३ मन्त्री नियुक्त गरिसकेका छन् । लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालमा भण्डारीलाल अहिर र कृष्णा केसी तीन–तीन पटक मन्त्री बनिसकेका छन् ।त्यस्तै, दिनेश पन्थी, भूमिश्वर ढकाल, सन्तोषकुमार पाण्डेय, चन्द्रकेश गुप्ता, सरोज थापा, धर्मबहादुर चौधरी दुई–दुई पटक मन्त्री बनिसकेका छन् । चेतनारायण आचार्य पनि मुख्यमन्त्री बन्नुअघि दुई पटक मन्त्री बनिसकेका छन् । 

धनेन्द्र कार्की, खेमबहादुर सारू, विष्णुप्रसाद पन्थी, अर्जुनकुमार केसी, जानकीप्रसाद यादव, दीपेन्द्रकुमार पुन मगर, तुल्सीराम शर्मा, राजु खनाल, इन्द्रजित थारू, धनबहादुर मास्की, प्रचण्डविक्रम न्यौपाने, रत्नबहादुर खत्री, दुर्गाप्रसाद चौधरी, बादशाह कुर्मी, आदेशकुमार अग्रवाल, जन्मजय तिमिल्सिना, खड्ग बस्नेत, देवकरणप्रसाद कलवार, सीता शर्मा र भगवती अधिकारी एक–एक पटक मन्त्री बनेका छन् । जोखबहादुर महरा पनि मुख्यमन्त्री बन्नुअघि एक पटक मन्त्री बनेका थिए । यसरी प्रदेशसभाको दोस्रो कार्यकालमा ३२ व्यक्ति ४५ पटक मन्त्री बनेका छन् । चेतनारायण आचार्य, लीला गिरी, सन्तोषकुमार पाण्डेय, इन्द्रजित थारू दुवै प्रदेशसभामा मन्त्री/मुख्यमन्त्री बनेका छन् । त्यसैले दुवै प्रदेशसभामा ५७ व्यक्ति ८२ पटक मन्त्री बनिसकेका छन् ।

कर्णाली प्रदेश : ४४ व्यक्ति ५१ पटक मन्त्री

कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा दुई जना मुख्यमन्त्री बनेका थिए– महेन्द्रबहादुर शाही र जीवनबहादुर शाही । महेन्द्रका पालामा १३ जना नेता १७ पटक मन्त्री बनेका थिए । जीवनका पालामा भने ११ जना मन्त्री बनेका थिए ।

पहिलो कार्यकालमा नन्दसिंह बुढा ३ पटक मन्त्री बनेका थिए । त्यस्तै, कुर्मराज शाही, अम्मरबहादुर थापा, यज्ञबहादुर बीसी दुई–दुई पटक मन्त्री बनेका थिए । यज्ञबहादुर बीसी दुवै सरकारमा मन्त्री बनेका थिए । त्यस्तै, गणेशप्रसाद सिंह, नरेश भण्डारी, पदमबहादुर रोकाया, वीरबहादुर शाही, चन्द्रबहादुर शाही, रातो कामी, गोपाल शर्मा, प्रकाश ज्वाला, खड्कबहादुर खत्री, बिन्दमान विष्ट, दल रावल, हिमबहादुर शाही, दीनबन्धु श्रेष्ठ, विमला केसी, कृष्णा शाह र सीताकुमारी नेपाली एक–एक पटक मन्त्री बनेका थिए । त्यस्तै, गैरसांसद हैसियतका कार्चेन लामासमेत एक पटक मन्त्री बनेका थिए । यसरी कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा २३ जना व्यक्ति २८ पटक मन्त्री बनेका थिए ।

२०७९ मा दोस्रो कर्णाली प्रदेशसभा गठन भएपछि दुई जना मुख्यमन्त्री बनिसकेका छन्– राजकुमार शर्मा र यामलाल कँडेल । शर्माले आफूसहित ११ र कँडेलले आफूसहित १२ जनालाई मन्त्री बनाइसकेका छन् । विनोदकुमार शाहले दुवै मुख्यमन्त्रीका पालामा मन्त्री बन्ने अवसर पाएका छन् ।

प्रदेशसभाका दोस्रो कार्यकालमा भीमप्रकाश शर्मा, सुरेश अधिकारी, शेरबहादुर बुढा, वीरबहादुर शाही, जितबहादुर मल्ल, मंगलबहादुर शाही, टेकराज पछाई, दुर्गबहादुर रावत, रनसिंह परियार, वेदराज सिंह, राजीवविक्रम शाही, घनश्याम भण्डारी, कृष्णकुमार बीसी, खड्गबहादुर पोखरेल, कृष्णबहादुर जीसी, महेन्द्र केसी, गमता विक, विजया बुढा, उर्मिला विश्वकर्मा एक–एक पटक मन्त्री बनिसकेका छन् । यसरी प्रदेशसभाको दोस्रो कार्यकालमा २२ जना नेता २३ पटक मन्त्री बनिसकेका छन् । वीरबहादुर शाही प्रदेशसभाको दुवै कार्यकालमा मन्त्री भइसकेका छन् । यसरी पहिलो र दोस्रो कार्यकालमा गरी ४४ व्यक्ति ५१ पटक मन्त्री भइसकेका छन् ।

सुदूरपश्चिम प्रदेश : ३१ व्यक्ति ३८ पटक मन्त्री

२०७४ मा गठित सुदूरपश्चिम प्रदेशसभाको पाँचवर्षे कार्यकालभर एकै व्यक्ति त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका थिए । २०७४ फागुन ३ मा मुख्यमन्त्री बनेका उनको कार्यकालभर सरकारको मूल नेतृत्व परिवर्तन नभए पनि सत्ता गठबन्धनमा भने व्यापक हेरफेर आएको थियो ।

भट्टले आफ्नो कार्यकालभर आफूसहित २५ व्यक्तिलाई २७ पटक मन्त्री बनाएका थिए । भट्टको कार्यकालमा दीर्घबहादुर सोडारी र प्रकाशबहादुर शाह दुई–दुई पटक मन्त्री बनेका थिए ।

त्यस्तै, पठानसिंह बोहरा, झपटबहादुर बोहरा, माया भट्ट, विनिता चौधरी, कृष्णराज सुवेदी, लालबहादुर खड्का, पूर्णा जोशी, मानबहादुर धामी, चुनकुमारी चौधरी, अर्चना गहतराज, मनाकुमारी साउद, मानबहादुर सुनार, तारा लामा तामाङ, माया तामाङ बोहरा, रणबहादुर रावल, गोविन्द बोहरा, टेकबहादुर रैका आउजी, प्रकाश रावल, कुलवीर चौधरी, अमरबहादुर साउद, सुशीला बुढाथोकी, बलबहादुर सोडारी एक–एक पटक मन्त्री बनेका थिए ।

सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालमा तीन व्यक्ति चार पटक मुख्यमन्त्री बनिसकेका छन् । राजेन्द्रसिंह रावल, दीर्घ सोडारी एक–एक पटक मुख्यमन्त्री बनेका छन् भने कमलबहादुर शाह दुई पटक । अहिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री उनै शाह छन् ।

२०७९ पुस २७ मा मुख्यमन्त्री बनेका रावलले आफूसहित ३ जना मात्रै मन्त्री नियुक्त गरेका थिए । त्यस्तै, २०७९ माघ २६ मा मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहले आफूसहित १४ जना मन्त्री नियुक्त गरेका थिए । त्यस्तै, २०८१ वैशाख ६ मा मुख्यमन्त्री नियुक्त भएका दीर्घ सोडारीले आफूसहित १० मन्त्री नियुक्त गरेका थिए । कमलबहादुर शाहले आफूसहित ११ जनालाई मन्त्री बनाइसकेका छन् ।

सुदूरपश्चिम प्रदेशको दोस्रो कार्यकालमा कैलाश चौधरी, रामेश्वर चौधरी, लक्ष्मणकिशोर चौधरी, वीरबहादुर थापा, सुरेन्द्रबहादुर पाल, हीरा सार्की दुई–दुई पटक मन्त्री भइसकेका छन् ।

त्यस्तै, अक्कलबहादुर रावल, इन्दिरा गिरी, ओमविक्रम भाट, खगराज भट्ट, खुसीराम डगौरा थारू, गीतादेवी माल, घनश्याम चौधरी, झपटबहादुर साउद, टीका थापा, नरेशकुमार शाही, निर्मलादेवी साउद, पृथ्वीबहादुर सिंह, प्रकाशबहादुर देउवा, प्रकाशबहादुर बम, बहादुरसिंह थापा, माया पन्त, मेघराज खड्का, रमेशसिंह धामी, लक्ष्मी विक, शिवराज भट्ट, सन्तोषकुमारी शर्मा थापा, सरस्वती खड्का एक–एक पटक मन्त्री भइसकेका छन् । यसरी प्रदेशसभाको दोस्रो कार्यकालमा ३१ व्यक्ति ३८ पटक मन्त्री बनिसकेका छन् ।

संघीय सरकारका मन्त्रीहरू (प्रधानमन्त्रीबाहेक)

५ पटक मन्त्री : विष्णु पौडेल ।

४ पटक मन्त्री : जनार्दन शर्मा, टोपबहादुर रायमाझी, दामोदर भण्डारी, प्रभु साह, शक्तिबहादुर बस्नेत र गौरीशंकर चौधरी ।

३ पटक मन्त्री : गिरिराजमणि पोखरेल, शरतसिंह भण्डारी, ज्वालाकुमारी साह, दीपक बोहरा, प्रदीप यादव, प्रेमबहादुर आले, रघुवीर महासेठ, रामबहादुर थापा, रेखा शर्मा, लेखराज भट्ट, विक्रम पाण्डे ।

२ पटक मन्त्री : ईश्वर पोखरेल, उपेन्द्र यादव, वर्षमान पुन, बालकृष्ण खाण, रमेश लेखक, रवि लामिछाने, कमल थापा, कुन्ती शाही, कृष्णगोपाल श्रेष्ठ, कृष्णबहादुर महरा, योगेश भट्टराई, रघुजी पन्त, भीमबहादुर रावल, भीमसेनदास प्रधान, गणेशसिंह ठगुन्ना, जयन्त चन्द, जुलीकुमारी महतो, ज्ञानेन्द्रबहादुर कार्की, डा. शिवमाया तुम्बाहाङ्फे, डोलप्रसाद अर्याल, तेजुलाल चौधरी, दावा लामा तामाङ, दीपक खड्का, धनबहादुर बुढा, नवराज रावत, नवलकिशोर साह सुडी, पदम गिरी, पद्माकुमारी अर्याल, पार्वत गुरुङ, प्रकाशशरण महत, प्रदीपकुमार ज्ञवाली, प्रेमबहादुर सिंह, बलराम अधिकारी, वसन्तकुमार नेम्वाङ, भानुभक्त ढकाल, मणिचन्द्र थापा, महिन्द्र राय यादव, मोहनबहादुर बस्नेत, मोहम्मद इस्तियाक राई, युवराज खतिवडा, राजेन्द्रकुमार राई, रामवीर मानन्धर, रेशमबहादुर लामा, लीलानाथ श्रेष्ठ, विक्रमबहादुर थापा, विजयकुमार गच्छदार, विमला विक, विराज विष्ट, शेरबहादुर तामाङ, शेरबहादुर देउवा, सीता गुरुङ, सुरेन्द्रराज आचार्य, सोमप्रसाद पाण्डे, हरिप्रसाद उप्रेती र हृदयेश त्रिपाठी ।

१ पटक मन्त्री : पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, गगनकुमार थापा, घनश्याम भुसाल, नारायणकाजी श्रेष्ठ, पृथ्वीसुब्बा गुरुङ, प्रकाश ज्वाला, प्रदीप पौडेल, नारायणप्रकाश साउद (एनपी साउद), पम्फा भुसाल, चक्रपाणि खनाल, अग्निप्रसाद सापकोटा, डा. आरजु राणा, डा. नारायण खड्का, डा. मीनेन्द्रप्रसाद रिजाल, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, जीवनबहादुर शाही, देवेन्द्र पौडेल, जीवनराम श्रेष्ठ, अग्नि खरेल, चन्द्रप्रकाश (सीपी) मैनाली, चित्रबहादुर केसी, गणेशमान पुन, गोकर्ण विष्ट, रवीन्द्र अधिकारी, लालबाबु पण्डित, हरिबोलप्रसाद गजुरेल, लक्ष्मणलाल कर्ण, विद्या भट्टराई, राजकिशोर यादव, गोकुलप्रसाद बाँस्कोटा, अनिलकुमार झा, अर्जुननरसिंह केसी, अशोक राई, खगराज अधिकारी, हितराज पाण्डे, हृदयराम थानी, अजयकुमार चौरसिया, अजयशंकर नायक, अनिता देवी, अब्दुल खान, अब्दुल रज्जाकदी, अमनलाल मोदी, अमरसिंह पुन, अम्बिका बस्नेत, अरुणकुमार चौधरी, आनन्दप्रसाद पोखरेल, आशा कोइराला, आशाकुमारी विक, इन्द्रबहादुर बानियाँ, उदयशमशेर राणा, उमा रेग्मी, उमाकान्त चौधरी, उमाशंकर अरगरिया, उमेश यादव, उमेश श्रेष्ठ, एकनाथ ढकाल, एकवाल मियाँ, ऐनबहादुर शाही ठकुरी, ओङ्दी शेर्पा, कञ्चनचन्द्र बादे, कमलादेवी शर्मा, कर्णबहादुर विक, कान्ता भट्टराई, कुमार खड्का, कृष्णकुमार (किसन) श्रेष्ठ, केशवमान बुढाथोकी, गजेन्द्रबहादुर हमाल, गणेशकुमार पहाडी, गोपाल दहित, गोपालमान श्रेष्ठ, गोमा कुँवर, गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी), चन्दा चौधरी, चन्द्रकान्त चौधरी, चम्पादेवी खड्का, छमबहादुर गुरुङ, जगतबहादुर सुनार (विश्वकर्मा), जनकराज चौधरी, जयदेव जोशी, जितेन्द्रनारायण देव, टेकबहादुर बस्नेत, डा. वेदुराम भुसाल, डिगबहादुर लिम्बू, डिल्लीबहादुर चौधरी, तप्तबहादुर विष्ट, तारामान गुरुङ, तोसिमा कार्की, थममाया थापा, दलजित श्रीपाइली, दिनेश श्रेष्ठ, दिनेशचन्द्र यादव, दीर्घराज भाट, दिलनाथ गिरी, दिलमान पाख्रिन, दिलीप खवास गच्छदार, दीपक कार्की, दीपक गिरी, दीपकबहादुर सिंह, दीपनारायण साह, देवेन्द्र दाहाल, धनमाया विक, धनराज गुरुङ, धनीराम पौडेल, ध्रुवबहादुर प्रधान, नन्दा चपाईं, नरदेवी पुन मगर, नरबहादुर चन्द, नारदमुनि राना, नैनकला थापा, पूर्णबहादुर तामाङ, प्रमिला कुमारी, फरमुल्लाह मन्सुर, बद्रीप्रसाद पाण्डे, बलबहादुर महत, बिना मगर, बोधमायाकुमारी यादव, भगवती चौधरी, भगवती न्यौपाने, भवानीप्रसाद खापुङ, भानुभक्त जोशी, भास्कर भद्रा, मञ्जुकुमारी चौधरी, महेन्द्र यादव, महेन्द्रबहादुर शाही, महेश्वरजंग गहतराज, मातृकाप्रसाद यादव, मानवीर राई, मिठु मल्ल, मिथिला चौधरी, मीनबहादुर विश्वकर्मा, मृगेन्द्रकुमारसिंह यादव, मेघराज नेपाली निषाद, मेटमणि चौधरी, मोहम्मद मुस्ताक आलम, मोतीलाल दुगड, मोहन बानियाँ, मोहम्मद जाकिर हुसेन, यज्ञबहादुर थापा, यशोदाकुमारी लामा, रञ्जिता श्रेष्ठ, रमेश रिजाल, राजकुमार गुप्ता, राजेन्द्र महतो, राजेन्द्रकुमार केसी, राजेन्द्रप्रसाद लिङ्देन, राजेन्द्रप्रसाद श्रेष्ठ, राधिका तामाङ, राम कार्की (सुरेन्द्रकुमार कार्की), रामकुमार सुब्बा, रामकुमारी चौधरी, रामकुमारी झाँक्री, रामकृष्ण यादव, रामजनम चौधरी, रामनाथ अधिकारी, रामसहायप्रसाद यादव, रामसिंह यादव, रामेश्वर राय यादव, रूपा विक, रेणुका गुरुङ, रेनुकुमारी यादव, रोमी गौचन थकाली, विमलप्रसाद श्रीवास्तव, विमला राई पौड्याल, विमलेन्द्र निधि, विराजभक्त श्रेष्ठ, विरोध खतिवडा, विश्वेन्द्र पासवान, वीरबहादुर बलायर, वीरेन्द्रप्रसाद महतो, शंकर भण्डारी, शम्भुलाल श्रेष्ठ, शशी श्रेष्ठ, शान्ता मानवी, शिवकुमार मण्डल केवट, शिवलाल थापा, शिशिर खनाल, शेरधन राई, शेरबहादुर कुँवर, शेषनाथ अधिकारी, श्यामकुमार श्रेष्ठ, श्रीप्रसाद जबेगु, सञ्जयकुमार गौतम, सत्यनारायण मण्डल, सत्यनारायण भगत, सन्तकुमार थारू, सरिता प्रसाईं, सीतादेवी यादव, सीताराम महतो, सुदन किराती, सुनीलबहादुर थापा, सुमना श्रेष्ठ, सुमित्रा थरुनी, सुरेन्द्र यादव, सुवर्ण ज्वारचन, सुशीला सिर्पाली ठकुरी, सुशील श्रेष्ठ, सूर्यमान गुरुङ, हसिना खान, हितबहादुर तामाङ, हीराचन्द्र केसी, रामेश्वरप्रसाद खनाल, कुलमान घिसिङ, ओमप्रकाश अर्याल, अनिलकुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार, जगदीश खरेल ।

किशोर दहाल कान्तिपुरको दैनिकको अप-एड व्युरोका संयोजक हुन् । उनी राजनीतिक इतिहास र संसदीय परम्पराबारे रुचि राख्छन् ।

Link copied successfully