जेन-जीको प्रदर्शन : युवा मारिएको घटनाप्रति युएनको चासो, तत्काल छानबिन गर्न माग

भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै प्रदर्शनमा उत्रेका युवामाथि भएको दमनमा धेरै उजुरीहरु आएको भन्दै ओएचसीआरले प्रहरीहरुले बेसिक सुरक्षा प्रोटोकल पालना गराउन भिडियो नोटमा भनेको छ ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Jen-Ji Demonstration: UN concerned about youth killing, demands immediate investigation

What you should know

काठमाडौँ — जेन-जीको प्रदर्शनमा युवाहरु मारिएका र घाइते भएको घटनाप्रति संयुक्त राष्ट्र (यूएन)को मानवअधिकार कार्यालयले गहिरो चिन्दा व्यक्त गर्दै तत्काल छानबिन गर्न माग गरेको छ ।

सोमबार यूएनकी प्रवक्ता रिवना शामदासनीले सोमबार एक भिडियो नोट जारी गर्दै जेन-जी आन्दोलनमा भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै छानबिनको माग गरेकी हुन् ।

भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका युवामाथि भएको दमनमा धेरै उजुरीहरु आएको भन्दै ओएचसीआरले प्रहरीहरुले बेसिक सुरक्षा प्रोटोकल पालना गराउन भिडियो नोटमा भनेको छ ।

जारी नोटमा भनिएको छ-‘भ्रष्टाचार र सरकारले हालै गरेको सामाजिक सञ्जालमा प्रतिबन्धको विरुद्धमा युवा संगठनहरूले आयोजना गरेका प्रदर्शनका क्रममा सुरक्षा बलहरूले अनावश्यक वा असमानुपातिक बल प्रयोग गरेको धेरै चिन्ताजनक आरोपहरू हामीले प्राप्त गरेका छौं । हामी अधिकारीहरूलाई शान्तिपूर्ण भेला हुने र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सम्मान गर्न र सुनिश्चित गर्न आग्रह गर्दछौं ।’

 

कान्तिपुर

Link copied successfully