बन्द भएका सामाजिक सञ्जाल खुल्छन् : सञ्चारमन्त्री गुरुङ

‘सामाजिक सञ्जाल छिट्टै खुल्छन्,’ सञ्चारमन्त्री गुरुङले भने, ‘सरकारले जेनजीको मागलाई सम्बोधन गरी सामाजिक सञ्जाल खोल्ने निर्णय भइसकेको छ ।’

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Closed social networks open: Communications Minister Gurung

काठमाडौँ — सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि सरकारका प्रवक्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हट्ने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जेन-जीको मागअनुसार सामाजिक सञ्जाल खुल्ने बताएका हुन् ।

‘सामाजिक सञ्जाल छिट्टै खुल्छन्,’ उनले भने, ‘सरकारले जेनजीको मागलाई सम्बोधन गरी सामाजिक सञ्जाल खोल्ने निर्णय भइसकेको छ ।’ 

सूचीकरणमा नआएको भन्दै सरकारले बिहीबार रातिदेखि फेसबुक, एक्सलगायत दुई दर्जन बढी सामाजिक सञ्जाल बन्द गरेको थियो ।

कान्तिपुर

Link copied successfully