जेन-जी प्रदर्शन : घाइतेहरू भन्छन्, सम्झँदा पनि कस्तो गाह्रो भएको छ

‘सम्झँदा पनि कस्तो गाह्रो भएको छ । अझै पनि आज यस्तो भयो भनेर विश्वास गर्न सकेको छैन । सबै कुरा सम्झेर हातखुट्टा काँपिरहेको छ ।’

भाद्र २३, २०८२

आरती पौडेल

Gen-G performance: The wounded say how hard it is to even remember

What you should know

काठमाडौँ — टाउकोमा रबरको गोली लागेर उपचार भइरहेका रोनिश रेग्मी ट्रमा अस्पतालबाहिर बसिरहेका छन् । १९ वर्षीय रोनिश काठमाडौंमा कक्षा १२ मा पढ्दै गरेका उनी आफ्नो भाइसँग आन्दोलनमा गएका थिए ।

भ्रष्टाचार रोकिनुपर्छ, युवाले आफ्नै देशमा रोजगार पाउनुपर्छ, सर्वसाधारणले तिरेको करको दुरुपयोग हुनु हुँदैन भन्ने नारासहित आफू जेन-जी आन्दोलनमा पुगेको बताउने उनी आन्दोलनमा भइरहँदा अचानक रबरको गोली टाउकोमा लागेको र आफू बेहोस भएको बताए । 

उनी भन्छन्,‘आन्दोलनकै लागि गएको थिए, तर मैले केही पनि गरेको थिइनँ, एक्कासि रबर गोली टाउकोमा लागेछ । म त्यहीँ बेहोस भएछु, पछि एम्बुलेन्समा हालेर हस्पिटल ल्याएको कुरा भाइले अघि फोन गरेर भन्यो र थाहा पाएँ ।’

भाइसँग बस्दै आएका उनी शान्तिपूर्ण आन्दोलन हुन्छ भनेर गएका थिए । एकाएक रबरको गोली लागेपछि सँगै गएका भाए र उनी हराए । गोली लागेर बेहोस भएका रोनिश अस्पताल ल्याएपछि मात्र होसमा आएका थिए । ट्रमा अस्पतालबाहिर वरपर जेन-जी आन्दोलनमा घाइते भएका धेरै युवा-युवती थिए । कसैको हातमा त कसैको टाउकोमा ब्यान्डेज थियो । कतिको हातमा त कतिको खुट्टामा प्लास्टर । 

Gen-G performance: The wounded say how hard it is to even rememberप्रदर्शनका क्रममा घाइते भएका प्रज्वल पाठक

आन्दोलनमै रबरको गोली छातीमा लागेर पीडाले छटपटाइरहेका थिए, प्रज्वल पाठक पनि । साथीसँग आन्दोलनमा पुगेका उनी आन्दोलनको ठूलो रूप देखेर निकै दुःखी भएको बताउँछन् । उनी भन्छन्,‘हाम्रै अगाडि सँगै आन्दोलन गरिरहेका साथीहरू रक्ताम्मे भए । बोकेर एम्बुलेन्ससम्म पुर्‍याएको थिएँ, गोली लागेर एकाएक सबै ढल्न थाले । एक जनालाई एम्बुलेन्समा राखेर आउँदा अर्को ढलेको देख्थेँ । पछि आफैंलाई गोली लागेर ढले,’ उनले भने,‘सम्झँदा पनि कस्तो गाह्रो भएको छ । अझै पनि आज यस्तो भयो भनेर विश्वास गर्न सकेको छैन । सबै कुरा सम्झेर हातखुट्टा काँपिरहेको छ ।’ 

सोह्रखुट्टे घर भएका २८ वर्षका उनी भर्खर ब्याचलर सकेर बसेका थिए । आन्दोलनका भएको त्यति ठूलो घटनाको कारण मनमा निकै डर लागेको र विश्वास नै नलाग्ने घटना भएको उनी बताउँछन् । 

आरती पौडेल

Link copied successfully