कांग्रेस रुपन्देही पार्टी कार्यालय र नेताका ४ वटा गाडी तोडफोड

डेढ सय युवाको समूहले कांग्रेस कार्यालयमा आक्रमण गरी गाडी र भवनको झ्यालमा तोडफोड गरेको नेताहरूले बताएका छन् ।

भाद्र २३, २०८२

दीपेन्द्र बडुवाल

Congress Rupandehi party office and 4 vehicles of leaders vandalized

What you should know

भैरहवा — रुपन्देहीको भैरहवास्थित कांग्रेस जिल्ला पार्टी कार्यालय र त्यहाँ पार्किङ गरिएका जिल्लास्तरीय नेताका ४ वटा गाडीमा सोमबार दिउँसो तोडफोड गरिएको छ । बीपी जयन्ती अवसरमा आयोजना गर्न लागिएको म्याराथनलगायत विषयमा छलफल भइरहेका बेला एक्कासि आएको युवाहरूको समूहले पार्टी कार्यालय र गाडीमा ढुंगामुढा प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । 

कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङका अनुसार पार्टी कार्यालयभित्र छलफल चलिरहेका बेला आक्रमण भएको हो । रुपन्देहीको बुटवलमा बिहान ९ बजेदेखि जेन-जीले प्रदर्शन गरेपनि भैरहवामा कुनै कार्यक्रम थिएन । दिउँसो एक्कासि आएका डेढ सय हाराहारी युवाले ढुंगा, इटा र मुढा प्रहार गरेर पार्टी कार्यालयभित्र रहेका गाडीमा क्षति पुर्‍याएको गुरुङले बताए । आक्रमणबाट पार्टी कार्यालयका झ्याल फुटेका छन् । साथै पर्खालमा रहेका बत्ती फुटेका छन् । 

Congress Rupandehi party office and 4 vehicles of leaders vandalizedआक्रमणबाट क्षेत्रीय सभापति गुरुङको बा २० च ७९५२ नम्बरको गाडीको अगाडि र पछाडीको शिसा फुटेको छ । त्यस्तै जिल्ला कोषाध्यक्ष हरिप्रसाद अर्यालको बा १७ च २२२७, जिल्ला सहसचिव विष्णु थापाको लुम्बिनी प्रदेश १, ००१च०८७२ नम्बरको ब्रेजा गाडी र ठाकुरप्रसाद गुरौको लु २ च ५४१८ नम्बरको गाडीमा क्षति पुगेको छ । यी गाडीका सिसा फुटनुका साथै कुच्चिएका छन् । गाडी र भवनमा प्रहार गरिएका इँटा र ढुंगा परिसरमा असरल्ल छन् । 

आक्रमणबाट भवन परिसरमा रहेका लु३प १७०७ स्कुटर र लु २२ प ५१६२ नम्बरको पल्सर मोटरसाइकलमा क्षति पुगेको छ । कांग्रेस जिल्ला सभापति रामकृष्ण खाँणले घटना सुनियोजित भएको र पार्टी कार्यालयलाई टार्गेट गरेर आक्रमण गरिएको जानकारी दिए । उनका अनुसार पार्टी कार्यालय आक्रमणपछि फर्किएका युवाले कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको मणिग्रामस्थित घरमा पनि तोडफोड गरेका छन् । घरका ४/५वटा झ्याल फुटालेको सभापति खाँणले बताए । 

दीपेन्द्र बडुवाल

Link copied successfully