जेन-जीका माग तत्काल सम्बोधन गर : अध्यक्ष दाहाल

माओवादी अध्यक्ष दाहालको अनुरोध : जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस् ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Address Gen-Ji's demands immediately: President Dahal

काठमाडौँ — प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले  जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न माग गरेका छन् 

‘जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस्,’ उनले जारी गरेको प्रेस नोटमा भनेका छन्, ‘स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस् ।’

काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै माओवादीका उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक गोरखाको भीमसेन थापा गाउँपालिका–३, टारिफाँटमा बसेको छ ।

बैठकले जारी 'जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान' स्थगित गर्दै भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ।

कान्तिपुर संवाददाता

Link copied successfully