जेन-जी प्रदर्शन : बानेश्वर क्षेत्रका विद्यार्थी घर जान पाएनन्

बानेश्वर क्षेत्रमा जारी प्रदर्शनका कारण विद्यालय र क्याम्पसले अभिभावकलाई बालबालिका लिन आग्रह गरेका छन्। प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Gen-G Demonstration: Students of Baneshwar area could not go home

काठमाडौँ — बानेश्वर क्षेत्रमा प्रर्दशन हिंसात्मक हुँदा त्यस क्षेत्रका विद्यालय, क्याम्पसमा विद्यार्थी घर फर्कन रोकिएका छन् ।

केही विद्यालय र क्याम्पसले आफ्ना छोराछारी लिन बोलाएको अभिभावकहरुले बताएका छन्। ‘बानेश्वर क्षेत्रमा तनाव छ । बच्चा लिन आउनुहोला भनेर स्कुलबाट फोन आयो,’ एक विद्यालयका अभिभावकले भने ।

त्यस्तै, केही विद्यालय र क्याम्पसले प्रर्दशन स्थल शान्त भएपछि मात्रै बालबालिकालाई घर पठाउने भनेर खबर गरेको अभिभावकहरुको भनाइ छ । शिक्षकहरुले विद्यार्थीलाई शिक्षणसंस्था भित्रै सुरक्षित राखिएको बताए ।

जेन-जीको प्रर्दशनमा प्रहरीसँग झपड हुँदा बानेश्वरको संसद् क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू राति १० बजेसम्म कायम रहने भनिएको छ। प्रर्दशन र तोडफोड निरन्तर भएपछि त्यस क्षेत्रका शिक्षणसंस्थाका विद्यार्थी प्रभावित भएका हुन् ।

कान्तिपुर

Link copied successfully