सरकारले संविधान संशोधनको प्रक्रिया छिटै सुरु गर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले शासकीय स्वरुप, निर्वाचन प्रणाली र संविधान कार्यान्वयनमा देखिएका बाधा हटाउन संविधान संशोधन आवश्यक रहेको बताउँदै, विज्ञ समूहको सुझावका आधारमा प्रक्रिया अघि बढाइने बताएका छन् ।

भाद्र २२, २०८२

कान्तिपुर संवाददाता

The government will start the process of amending the constitution soon: Prime Minister Oli

गोदावरी (ललितपुर) — प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रक्रिया छिटै सुरु गर्ने बताएका छन् ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधनामन्त्री ओलीले गोदावरीमा जारी दोस्रो विधान महाधिवेशनमा प्रस्तुत राजनीति प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले उठाएका जिज्ञासाहरुकोे जवाफ दिँदै यस्तो बताएका हुन् । 

संसद्‌को ठूलो दल नेपाली कांग्रेस र एमालेबीच सरकार गठनकै क्रममा संविधान संशोधन गर्ने सहमतिका साथ वर्तमान सरकार गठन भएको उल्लेख गर्दै सरकारले उक्त प्रक्रियाको थालनी गर्ने जानकारी दिए । 

‘सरकारले अहिले देखिएको शासकीय स्वरुप, निर्वाचन प्रर्णाली र संविधान कार्यान्वयन गर्ने सन्दर्भमा देखा परेका बाधाहरुलाई फुकाउनका निम्ति संशोधनको अपरिहार्यता भएकाले संविधानविद् र कानुनविदहरु सम्मिलित विज्ञ समूह गठन गरी संविधान संशोधन प्रक्रिया अघि बढाइने छ’, प्रधानमन्त्री ओलीले भने, ‘संविधान र कानुन क्षेत्रका विज्ञहरुको सुझावका आधारमा सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउने छ ।’ 

प्रधानमन्त्री ओलीले अब हुने संविधान संशोधन प्रक्रिया यसअघिको जस्तो जनस्तरमा पुगेर सुझाव संकलनका आधारमा नगरिने स्पष्ट पारे ।

कान्तिपुर

Link copied successfully