रुपन्देही कारागारबाट रवि लामिछाने नख्खु कारागारमा स्थानान्तरण

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नताको आरोपमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछाने ब्लक नम्बर ४ मा थुनिएका थिए ।

श्रावण ३१, २०८२

विवेक पोख्रेल

Transferred from Rupandehi Jail to Ravi Lamichhane Nakhkhu Jail

कान्तिपुर — सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा स्थानान्तरण भएका छन् ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नताको आरोपमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछाने ब्लक नम्बर ४ मा थुनिएका थिए । कारागार सरुवाको माग गर्दै उनले दोस्रो पटक बुधबार नख्खु कारागार स्थानान्तरण गर्दिनँ निवेदन दिएका थिए ।

जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा डिल्ली बजार कारागारमा स्थानान्तरणको माग गरेर निवेदन दिए पनि आफूलाई रुपन्देहीमै राखिएको भन्दै लामिछानेले गुनासो गरेका थिए । सोमबार राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापासहितको टोलीले रुपन्देही कारागार निरीक्षण गर्दा पनि लामिछानेले अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए । त्यो समयमा अदालतले समेत उनलाई स्थानान्तरणका लागि अनुमति दिएको थियो । 

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले पदभार सम्हालेकै दिन साउन २८ को पुरक (दोस्रो निवेदन) को आधारमा शुक्रबार रुपन्देहीबाट लामिछानेलाई नख्खु सार्ने निर्णय गरेका थिए । शनिबार रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेपछि प्लेनमार्फत काठमाडौं विमानस्थल हुँदै नख्खु पुर्‍याइएको हो ।

पुरक निवेदनमा लामिछानेले नख्खु कारागार रोजेको महानिर्देशक शर्माले कान्तिपुरलाई जानकारी दिए । नख्खु कारागारमा ल्याएका लामिछानेलाई छुट्टै कोठामा राखिएको छ । 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully