रवि लामिछानेलाई नख्खु जेल‍ स्थानान्तरण गरिँदै

रूपन्देही जिल्ला कारागार स्रोतका अनुसार शनिबार दिउँसो तीन बजेपछि बुद्ध एयरको जहाजमार्फत लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा लैजान लागिएको छ ।

श्रावण ३१, २०८२

दीपेन्द्र बडुवाल

Ravi Lamichhane being transferred to Nakhkhu Jail

भैरहवा — सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शनिबार अपराह्न कारागार स्थानान्तरण गरिने भएको छ । उनलाई शनिबार अपराह्नसम्म ललितपुरस्थित नख्खु जेलमा पुर्‍याइने भएको हो ।

कारागार स्रोतका अनुसार शनिबार दिउँसो तीन बजेपछि बुद्ध एयरको जहाजबाट ललितपुरस्थित नख्खु कारागारमा लैजान लागिएको हो । कारागार स्थानान्तरणको माग गर्दै लामिछानेले गत जेठमा निवदेन दिएका थिए । अदालतले पनि कारागार सरुवाका लागि अनुमति दिएको थियो । उनको मागबमोजिम कारागार स्थानान्तरण नगरेर भैरहवामै राखिएको थियो । 

राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त डा. लिली थापाले गत साता कारागार निरीक्षण गरेकी थिइन् । त्यसक्रममा भैरहवास्थित रूपन्देही जिल्ला कारागारको ब्लक नम्बर ४ मा रहेका रहेका लामिछानेले अदालतले अनुमति प्रदान गरिसकेको अवस्थामा पनि आफूलाई कारागार सरुवा नगरिएकामा दुखेसो सुनाएका थिए । 

दीपेन्द्र बडुवाल

Link copied successfully