रवि लामिछानेलाई राखिएको कारागारको ब्लक नम्बर ४ कस्तो छ ? के-के सुविधा छन्?

चैत २२ देखि थुनामा रहेका रवि लामिछानेलाई राखिएको कारागारको कोठा कस्तो छ ? रवि रहेको कोठामा रेडियोको सुविधा छ तर कारगारमा पत्रपत्रिका नआउने भएकाले अन्य कैदीबन्दी सरह उनले पनि यो सुविधा पाएका छैनन् ।

श्रावण २६, २०८२

दीपेन्द बडुवाल

How is block number 4 of the prison where Ravi Lamichhane is kept? What are the facilities?

What you should know

काठमाडौँ — भैरहवास्थित कारागारमा गत चैत २२ देखि थुनामा रहेका रवि लामिछानेलाई राखिएको कारागारको कोठा कस्तो छ ? रास्वपाका नेताहरुले उनलाई अमानविय तरिकाले राखिएको र न्यूनतम मानव अधिकारको समेत सम्मान नगरेको बताइरहँदा सोमबार राष्ट्रिय मानव अधिकार आयोगको टोली लामीछानेलाई राखिएको कारगारको ब्लक नम्बर ४ को निरीक्षण गरेको छ।

सोमबार आयोगकी आयुक्त लिली थापा, आयोगका लुम्बिनी कार्यालय प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितले कारागार निरीक्षण गरेका थिए । उनीहरूले कारागारमा रहेका रविसँग समेत कुराकानी गरेका थिए।

टोलीका सदस्यहरूका अनुसार कुराकानीमा लामिछानेले सबैभन्दा बढी अड्डासारको बिषयमा चासो राखेका थिए । लामिछानेले अदालतले अड्डासारका निम्ति अनुमति दिएपनि कारागार प्रशासनले त्यसमा बेवास्ता गरेको बिषय उठाएका थिए । अनुगमनमा रहेकी इन्सेक प्रतिनिधि रिमा बिसीले खानपिनमा भने लामिछाने सन्तुष्ट रहेको बताइन् । 

आयुक्त थापाले काराागारभित्र शौचालयको अवस्था नाजुक रहेको पाइएको बताइन्। उनका अनुसार रवि रहेको कोठामा रेडियो छ। तर पत्रपत्रिकाको भने सुविधा छैन। कारागार पुगेर अनुगमन गरेर फर्केपछि संचारकर्मीहरूसँग कुरा गर्दै आयुक्त थापाले लामिछाने राखिएको कोठामा दुईवटा पंखा राखिएको बताइन् ।

लामिछाने रहेको कोठामा एसी जडान गरिएको बिषय सार्वजनिक भएपनि अनुगमन टोलीले भने त्यस्तो नरहेको बताएको छ । आयुक्त थापाले लामिछाने रहेको ब्लकमा एसी जडान नगरिएको बताइन्।

आयुक्त थापाले लामिछानेलाई सय दिनसम्म बन्दी कक्षबाट बाहिर हिडडुल गर्न नदिएर मानवअधिकारको हनन् गरिएको बताइन् । उनले  कारागार व्यवस्थापनले सुरक्षाको कारण देखाउँदै झ्याल थुनेको बिषय पनि उठाइन् ।  लामिछानेले स्वच्छ हावामा हिडडुल गर्न नपाएको भन्दै उनले न्युनतम मानव अधिकार पनि हनन गरिएको बताइन् । 

रवि लामिछाने जोडिएको सहकारी ठगीसँग सम्बन्धित अन्य समाचारहरु 

सहकारी ठगी प्रकरण : लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब असुल गर्नुपर्ने प्रहरीको राय

रवि लामिछाने दम्पतीको खातामा २९ करोड कारोबार

रवि लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता

अदालतमा छविको बयान : ‘गोर्खा मिडियामा मभन्दा अघि रवि’

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न जिल्ला अदालत कास्कीको आदेश

‘लामिछानेले ऋण लिएको प्रमाण स्वर्णलक्ष्मीको सफ्टवेयरमा भेटियो’

दीपेन्द बडुवाल

Link copied successfully