रवि लामिछानेलाई नख्खु कारागार स्थानान्तरण गर्ने निर्णय

विभागको स्वीकृतिपछि जिल्ला कारागार रुपन्देहीले शुक्रबार लामिछानेलाई नख्खुमा स्थानान्तरण गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै लामिछानेलाई काठमाडौं ल्याउन प्रक्रिया अगाडि बढाइएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताए ।

श्रावण ३०, २०८२

कान्तिपुर संवाददाता

Decision to transfer Ravi Lamichhane to Nakhkhu Jail

काठमाडौँ — कारागार व्यवस्थापन विभागले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार स्थानान्तरण गर्न स्वीकृति दिएको छ ।

विभागको स्वीकृतिपछि जिल्ला कारागार रुपन्देहीले शुक्रबार लामिछानेलाई नख्खुमा स्थानान्तरण गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै लामिछानेलाई काठमाडौं ल्याउन प्रक्रिया अगाडि बढाइएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताए । 

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछाने अदालतको आदेशपछि पुर्पक्षका लागि कारागारमा छन् । यसअघि लामिछानेले काठमाडौंको डिल्लीबजार कारागार स्थानान्तरणको लागि जेल प्रशासनमा निवेदन दिएका थिए । उनले डेढ महिना अगाडि नै निवेदन पनि गृह मन्त्रालयले प्रक्रिया अगाडि बढाएको थिएन । 

कान्तिपुर संवाददाता

Link copied successfully