दुई तिहाईको सरकारले गभर्नर नियुक्त गर्न नसक्दा मुलुककै बेइज्जत भयो : सांसद शर्मा

वैशाख ३१, २०८२

कान्तिपुर संवाददाता

Two-thirds of the government could not appoint the governor, the country was dishonored: MP Sharma

काठमाडौँ — माओवादी सांसद रेखा शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्दा मुलुककै बेइज्जत भएको बताएकी छिन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद शर्माले दुई तिहाईको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण सरकारमा आबद्ध दलको दलगत स्वार्थ नमिल्नु भएको बताएकी हुन् । 

'सरकारमा आबद्ध दलहरुको दलगत स्वार्थ नमिलेर अथवा अरु विभिन्न कारणले गभर्नर नियुक्ति हुन सकेको छैन भन्ने जुन कुरा बाहिर आइरहेको छ त्यसले राष्ट्रकै बेइज्जती भइरहेको छ । त्यसकारण राष्ट्रको बेइज्जत नगर्न र सक्षम तथा योग्य व्यक्तिलाई गभर्नर नियुक्त गर्न सरकारलाई आग्रह गर्दछु,' सांसद शर्माले भनिन् । 

कान्तिपुर

Link copied successfully