गृहमन्त्रीले दोहोर्‍याए : राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ

वैशाख ३०, २०८२

कान्तिपुर संवाददाता

Home Minister reiterated: Governor of Rashtra Bank will be appointed soon

मोरङ — गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताएका छन् । गभर्नर अवकाशमा जानु एक महिना पहिले नै नियुक्त गरिसक्नुपर्नेमा राष्ट्र बैंकको नेतृत्व कायम मुकायम गभर्नरले गरेको अवस्थामा पनि गृहमन्त्री लेखकले चाँडै नियुक्त हुने बताएका हुन् । 

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले कांग्रेस र एमालेबीच सहमतिका आधारमा गभर्नर चाँडै नियुक्त हुने दाबी गरेका हुन् । 

गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता एवं आर्थिक समृद्धिका लागि एमाले र कांग्रेसबीच सहमतिका आधारमा निर्माण भएको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म सञ्चालन हुने दाबी गरेका थिए । 

वर्तमान सरकार जनतामा छाएको निराशालाई चिरेर आशाको किरण दिन गठन भएको उनले बताइ । गृहमन्त्री लेखकले  संविधान र वर्तमान व्यवस्थाविरूद्ध राजावादीका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेका थिए । नेपाली जनताको ठूलो संघर्ष, त्याग एवं बलिदानबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा अन्य कुनै निरंकुश व्यवस्था व्यवस्था हुन नसक्ने उनले बताए ।

गृहमन्त्री लेखकले वर्तमान सरकारले १० महिनामा गरेको  उपलब्धिहरूको प्रशंसा गर्दै आर्थिक सूचकांक र अर्थतन्त्र सवलीकरणतर्फ अगाडि बढिरहेको बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully