गभर्नर नियुक्ति छिट्टै : गृहमन्त्री लेखक

वैशाख ३०, २०८२

कान्तिपुर संवाददाता

Governor Appointed Soon : Home Minister Author

विराटनगर — केही समययता गभर्नर नियुक्तिको उल्झनमा रहेको गठबन्धन सरकारका गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति छिट्टै हुने दाबी गरेका छन्।

विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा गृहमन्त्री लेखकले भने, ‘नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अब धेरै समय लाग्दैन।’

उनी कहिले र को नयाँ गभर्नर बन्दैछन् भन्ने विषयमा भने खुलाउन चाहेनन्।

उनले गठबन्धन एमाले–कांग्रेसको सहमतीय सरकार पूर्ण कार्यकालसम्म टिक्ने दाबी गरे। थपे, ‘यो सरकार जनतामा निराशा चिर्न र आशा जगाउन गठन भएको हो। त्यसैले जनताका आशा र निराशा पूरा नहुन्जेलसम्म रहन्छ।’

गृहमन्त्री लेखकले राजावादीहरूप्रति लक्षित गर्दै संविधान र गणतन्त्र विरोधी गतिविधि सह्य नहुने बताए। ‘धेरै नेपालीको बलिदानबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने र निरंकुशतातिर लैजाने कुनै प्रयास हामी सहन गर्ने छैनौँ,’ उनले थपे, ‘देश फेरि अधिनायकवादतिर फर्कँदैन, त्यो चाहना नगरे हुन्छ।’

उनले संघीयता, लोकतन्त्र र गणतन्त्रप्रति जनताको स्पष्ट समर्थन रहेको भन्दै व्यवस्था उल्ट्याउने प्रयास दिवास्वप्न मात्रै भएको जिकिर गरे।

कान्तिपुर संवाददाता

Link copied successfully