गभर्नर नियुक्तिमा गठबन्धनको गाँठो

वैशाख ३१, २०८२

पाठक पत्र

Coalition knots in governor appointments

संसद्को पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनेपछि कायापलट नै हुन्छ भन्ने अपेक्षा राखेका स्वयं कांग्रेस र एमालेका नेता कार्यकर्ता र आमनागरिकसमेत यतिबेला जिल्लाराम भएका छन् ।

धेरै दलका बीचमा कुनै पदका लागि भागबन्डा मिलाउनुपर्ने अवस्थामा केही समय लाग्ने कुरा सामान्य भए पनि केवल दुई दलकै बीचमा समेत एउटा गभर्नर नियुक्तिको विषयमा टुंगो लाग्न नसक्दा अन्तर्राष्ट्रियस्तरमै लज्जाको विषय बन्न पुगेको छ । राजनीतिले थिलोथिलो बनाएको सम्पूर्ण क्षेत्रमध्ये यतिबेला नेपाल राष्ट्र बैंक पनि त्यसैको भुंग्रोमा पिल्सिएको छ, जसका कारण कानुनतः गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अगावै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था भए पनि सरकारले गभर्नर रिक्त भएको एक महिना बितिसक्दासमेत नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन ।

विशेषतः अहिले गभर्नर नियुक्त हुन नसक्नुमा हाल कायम मुकायम गभर्नर रहेकी नीलम ढुंगाना तिम्सिनाले समेत अड्को थापेको एमालेको आरोप छ । पहिले गभर्नर एमालेको भागमा पर्दा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नै गभर्नरका लागि वचन दिएको तिम्सिनाको दाबी थियो । तर, पछि राजनीतिक दाउपेचका कारण उक्त पद कांग्रेसको भागमा पर्‍यो ।

सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

पाठक

Link copied successfully