४५ आंगिक क्याम्पसमा मतदान जारी

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

Voting continues in 45 individual campuses

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शान्तिपूर्ण भइरहेको छ ।

त्रिवि अन्तर्गतका ६२ आंगिकमध्ये ४५ र २५० सम्बन्धन प्राप्त क्याम्पसमा मतदान जारी छ। त्रिवि रेक्टर खड्ग केसीका अनुसार सातै प्रदेशमा शान्तिपूर्ण रूपमा निर्वाचन प्रक्रिया अघि बढिरहेको छ।

पोखराको पृथ्वी नारायण क्याम्पसमा मतपत्रमा त्रुटि देखिएपछि मतदान केही समयका लागि रोकिएको छ। प्रशासनका अनुसार त्रुटि सुधार्ने प्रयास भइरहेको छ । चाँडै नै मतदान प्रक्रिया सुचारु गरिनेछ।

रेक्टर केसीका अनुसार अन्य स्थानहरूमा निर्वाचन निर्धारित तालिकाअनुसार सञ्चालन भइरहेको छ। त्रुटि देखिएको स्थानमा समेत केही दिनभित्रै मतदान गराउन आवश्यक पहल भइरहेको उनले जानकारी दिए।

कान्तिपुर

Link copied successfully