अमरदीप क्याम्पस सुर्खेतमा अनेरास्ववियुका विशाल रावल निर्वाचित

चैत्र ५, २०८१

तृप्ति शाही

Amardeep Campus Surkhet elected Vishal Rawal of ANERASWA

वीरेन्द्रनगर — अमरदीप क्याम्पस, सुर्खेतमा भएको अनेरास्ववियु निर्वाचनमा विशाल रावल निर्वाचित भएका छन्। उनले अखिल क्रान्तिकारीकी लक्ष्मी नेपालीलाई पराजित गरेका छन्।

कोषाध्यक्ष पदमा पनि अनेरास्ववियुका प्रतिमा बिसी निर्वाचित भइन्, जबकि सचिव पदमा अखिल क्रान्तिकारीकी तारा नेपालीले जित हासिल गरिन्।

सदस्यका लागि अनेरास्ववियुका ३ जना रञ्जना कुमारी सिजापति, जानकी दाहाल र विमला केसी निर्वाचित भए। निर्वाचन अधिकृत लोकप्रसाद ढकालले उक्त जानकारी दिएका छन्।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully