२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७
स्ववियु निर्वाचन

सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन चैत २१ गते

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन चैत २१ मा हुने भएको छ । यसअघि चैत ८ मा हुने निर्वाचन स्थगित भएपछि सोमबार क्याम्पस प्रशासन र संघ/संगठनका प्रतिनिधिबीच निर्वाचन गर्ने सहमति भएको हो ।

आदिकवि भानुभक्त क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघ

तनहुँको व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसको निर्वाचन प्रबन्ध समितिले सोमबार सहमतिका आधारमा स्ववियु नेतृत्व चयन गरेको छ । सहमति अनुसार नेविसंघका गौरव पन्थ स्ववियु अध्यक्षमा चयन भएका छन् ।

बरुण क्याम्पसमा नेविसंघ र क्रान्तिकारीको संयुक्त प्यानल विजयी

बरुण क्याम्पस खाँदबारीको स्ववियु निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत संखुवासभाका ४ क्याम्पसमध्ये २ क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो ।

लक्ष्मीनारायण विद्यापिठमा लोविसंघको प्यानलै विजयी

नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत लक्ष्मीनायारायण विध्यापिठ मटिहानी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी निकट विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ)को प्यानल नै विजयी भएको छ ।

स्ववियु निर्वाचन : महेन्द्र मोरङमा मतगणनाको तयारी

गणक प्रतिनिधिले आफ्नो परिचयपत्र नखुलाउँदा मतगणना सुरु हुन नसकेको यहाँको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना सोमबार अपराह्नदेखि गणना गर्ने तयारी गरिएको छ ।

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

बुटवल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । कुल ७ हजार १ सय १० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो ।

गुल्मीमा अखिल पहिलो, क्रान्तिकारी दोस्रो, नेविसंघ तेस्रो

स्ववियु चुनावमा गुल्मीका क्याम्पसहरुमा अनेरास्ववियू पहिलो भएको छ । जिल्लाका ११ क्याम्पसमध्ये ५ क्याम्पसमा अनेरास्ववियुले सभापति पद जितेर पहिलो भएको हो ।

शुद्धोधनको यज्ञोदयमा नेविसंघको प्यानल विजयी

यज्ञोदय दूधानाथ थारु बहुमुखी क्याम्पस, शुद्धोधन रुपन्देहीको स्ववियु सभापतिमा महेश चौधरीसहित नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल नै विजयी भएको छ । चौधरीले ४ सय ३ मत ल्याएर विजयी हुँदा अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त उम्मेदवार समुन्द्र बगाले रेग्मीले १ सय ८१ मत प्राप्त गरे ।

हरैया बहुमुखी क्याम्पसमा संयुक्त प्यानलका शर्मा विजयी

रुपन्देहीको कञ्चन गाउँपालिका–३ हरैयामा रहेको हरैया बहुमुखी क्याम्पसमा एमाले सम्बद्ध अनेरास्ववियु, जनमत विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त प्यानलबाट सभापति पदमा २ सय २२ मत ल्याएर प्रदिप शर्मा विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका सुनिल रानाले १ सय ९९ मत प्राप्त गरे ।

सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी, पब्लिक युथमा नेविसंघ र महाराजगन्ज नर्सिङमा अनेरास्वियु निर्वाचित

भक्तपुरस्थित सानोठिमी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी रेशम श्रेष्ठ विजयी भएका छन् । क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा नेविसंघका नवीन पाण्डे सभापतिमा विजयी भएका छन् । यस्तै, महाराजगन्ज नर्सिङ क्याम्पसको सभापतिमा नोबिना बस्नेत अनेरास्ववियुबाट अध्यक्षमा निर्वाचित भएकी छन् ।

कैलालीका ५ क्याम्पसमा अनेरास्ववियु र ३ वटामा अखिल क्रान्तिकारी विजयी

कैलालीका ९ वटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा बिहानसम्म नतिजा सार्वजनिक भएका ५ वटा क्याम्पसमा अनेरास्ववियु र ३ वटामा अखिल क्रान्तिकारीको टिम विजयी भएको छ ।

मुगुको चर्तुदेव क्याम्पसमा अखिल क्रान्तिकारी निर्विरोध निर्वाचित

जिल्लास्थित चर्तुदेव हिरा सुरेन्द्रपूर्ण क्याम्पसमा अखिल क्रान्तिकारीका मनसुर कार्की निर्विरोध निर्वाचित भएका छन् । नेविसंघबाट सचिवमा दलकृष्ण रावत कोषाध्यक्षमा दुर्गदेवी सञ्जेल निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सदस्य पदमा अनेरास्ववियुका अमिर लावड, विपना रोकाया र विजयकुमार शाही निर्विरोध निर्वाचित भएका छन् ।

दार्चुलाका शंकरपुर र लटिनाथ क्याम्पसमा गठबन्धनका उम्मेदवार विजयी

मालिकार्जुन गाउँपालिकामा रहेको शंकरपुर क्याम्पस पस्तीको स्ववियु सभापतिमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका साझा उम्मेदवार कविता अवस्थी प्यानलसहित विजयी भएकी छन् । उनले नेपाल विद्यार्थी संघका एकेन्द्रसिंह धामीलाई १५ मतले पराजित गर्दै विजयी भएकी हुन् ।

रूपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

रूपन्देहीको देवदहमा रहेको देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । अध्यक्ष अर्जुन गैरेको नेतृत्वमा अखिलको प्यानल नै विजयी भएको हो ।

अझै सुरू भएन महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको मतगणना

निर्वाचन सकिएको भए पनि राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको मतगणना अझै पनि सुरू हुन सकेको छैन । आइतबार भएको निर्वाचनमा कुल १ हजार ९ सय १४ मतदातामध्ये ८ सय २९ जना मतदाताले मतदान गरेका थिए ।

सुर्खेतका ३ क्याम्पसमा अनेरास्ववियु विजयी

सुर्खेतका ३ वटा क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका यी क्याम्पसमा अनेरास्ववियु विजयी भएको हो ।

भेरी ज्ञानोदय क्याम्पसको सभापतिमा नेविसंघका सिंह निर्वाचित

जाजरकोटको सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका प्रकाश सिंह निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा सिंहले १ सय १० मत ल्याएर निर्वाचित भएका हुन् ।