वीरेन्द्रनगर — सुर्खेतको गुर्भाकोट बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका मोहन विष्ट निर्वाचित भएका छन्। उनी निर्विरोध निर्वाचित भएका हुन्।
सचिवमा अनेरास्ववियुका रिमबहादुर थापा र कोषाध्यक्षमा नेविसंघका हेमन्त भण्डारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचनमा नेविसंघ र अनेरास्ववियुले भागबन्डा गरेका हुन्। सदस्यहरूमा ४ जना अनेरास्ववियु र ४ जना नेविसंघका निर्वाचित भएका छन्।
सुर्खेत बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन भने अनिश्चित भएको छ। विद्यार्थी र निर्वाचन समिति आ-आफ्नै अडानले निर्वाचन प्रभावित बनेको बताइएको छ।
