स्ववियु निर्वाचन : पाटन क्याम्पसको मतदान रोकियो

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

Swaviyu elections: Patan campus polling stopped

काठमाडौँ — पाटन बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अवरुद्ध भएको छ । करिब १०० मत खसेपछि मतदान प्रक्रिया अवरुद्ध भएको हो ।

मतदाता परिचय पत्रसँग सम्बन्धित विवादका कारण मतदान रोकिएको हो।

निर्वाचन अधिकृत छविराम बरालका अनुसार विवाद समाधान गर्न सरोकारवालासँग छलफल भइरहेको छ।

दुई घण्टाभन्दा बढी समयदेखि मतदान अवरुद्ध बनेको उनले बताए । यहाँ ७,४०० मतदाता रहेका छन्।

कान्तिपुर

Link copied successfully