एमालेलाई गुरुङले दिएको जग्गामा कुनै संरचना नबनाउन सर्वोच्चको अल्पकालीन अन्तिरम आदेश

कार्तिक १२, २०८१

कान्तिपुर संवाददाता

Short-term interim order of Supreme Court not to construct any structure on the land given to UML by Gurung

काठमाडौँ — सर्वोच्च अदालतले एमालेले व्यापारी मिनबहादुर गुरूङबाट दान लिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

ज्ञानबाहादुर बस्नेत र श्यामकृष्ण मास्केले दायर गरेको रिटमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सोमबार सुनुवाइ गर्दै तत्काल कुनै संरचना नबनाउन  अल्पकालीन आदेश दिएको हो ।

राज्यका निकायहरूबाट  विभिन्न मुद्दामा दोषी ठहर भएका गुरूङसँग सत्तारुढ दलले जग्गा लिएकोमा विरोध भइरहेको छ । एमालेले सहयोग लिन कुनै बाधा नपर्ने भन्दै  गुरूङकै बचाउ गरिरहेको छ ।

एमालेले बल्खुको मित्रनगरमा व्यापारी गुरूङबाट जग्गा लिएको थियो । उक्त जग्गामा एमालेको पार्टी कार्यालय बनाउने भन्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र व्यापारी गुरूङले भवन शिलान्यास समेत गरेका थिए । 

Short-term interim order of Supreme Court not to construct any structure on the land given to UML by Gurung

Short-term interim order of Supreme Court not to construct any structure on the land given to UML by Gurung

एमाले जग्गा दान प्रकरणएमाले

कान्तिपुर

Link copied successfully