काठमाडौँ — एमालेले व्यापारी मीनबहादुर गुरूङसँग जग्गादान र भवन निर्माणमा लिएको सहयोगलाई जायज भएको उल्लेख गर्दै यसको पक्षमा एकढिक्का भएर उभिने निर्णय गरेको छ । निर्णयको विपक्ष अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोधेको छ ।
सचिवालयको आइतबारको बैठकले पूर्व उपाध्यक्ष भिम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
जग्गा दान लिएको विषयमा पार्टीपङ्ति र बाहिरबाट समेत आलोचना भएपछि केन्द्रीय सचिवायलयको आइतबार बैठक बसेको थियो । बैठकमा यसअघि भएको निर्णय र जग्गा लिने पक्षमा एक धारणा राख्ने कुरा भएको छ ।
एमाले महासचिव शंकर पोखरेललेका अनुसार एक जना व्यक्तिले सहयोग गर्छु भन्दा त्यो सहयोग लिएको र यसमा कुनै स्वार्थ नरहेको बताए । उनले १० वर्ष अघि भएको भूकम्पको क्षतिमा अरुहरूले जस्तै एमाले पनि सहयोग लिएको उल्लेख गरे । त्यसैले यो निर्णयको पक्षमा पार्ट रहेको जानकारी दिए ।ु
'हामीलाई उहाँले दान गर्ने कुरा गर्नुभयो । यो विषयमा हाम्रो स्वार्थ बाझिनुपर्ने कुनै कारण छैन', महासचिव पोखरेलले भने,'१० वर्ष अघिको भूकम्पबाट राज्यका धेरै संरचना क्षति भए अन्तर्राष्ट्रिय राहत उद्धारका काम भए । हामी आफैं पनि पार्टीको तर्फबाट त्यो काममा जुट्यौं ।'
उनले अन्तर्राष्ट्रिय समूदायले समेत सहयोग दिइरहेको अवस्थामा एमालेले विपत्तिमा भएको क्षतिमा नेपालकै कुनै नागरिकले दिएको सहयोग लिन नहुने भन्ने नभएको बताए ।
'राज्यले मात्र होइन अन्तर्राष्ट्रिय समूदायले समेत क्षतिपूर्तिको गर्ने कुरा गरिराख्दा मानवीयताका हिसाबले पनि महावितत्तिमा भएको क्षतिको सहयोग प्राप्त गर्ने हक हरेको हुन्छ हुन्छ त्यो हक एमालेको पनि छ । त्यसैले एमालेले सहयोग प्राप्त गर्ने कुरा अबाञ्छित होइन । विपद्का बेला संकटमा परेकालाई सहयोग गर्ने कुरा राज्यको त दायित्व हुन्छ । अनि राज्यकै कुनै नागरिकले म त्यो क्षतिका लागि सहयोग गर्न तयार छु भन्दा त्यसलाई स्वाभाविक रुपमा लिनुपर्छ ।'
