गोरखा — पृथ्वी राजमार्ग अन्तर्गत झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा भेटिएको गोरखाको लापुबाट छुटेको यात्रुवाहक बसबाट ५ जनाको शव निकालिएको छ ।
शुक्रबार रातिबाट सम्पर्कविहीन बनेको बा ४ ख २२७० नम्वरको बस आइतबार झ्याप्लेखोलामा पुरिएको अवस्थामा फेला परेको थियो । पहिरोमा पुरिएको बसमा सवार ५ जना मृत भेटिएको गोरखा दरौदी यातायात सेवा प्रालिका अन्जन खत्रीले जानकारी दिए । चालक दलका तीन जना र दुई जना यात्रु रहेको पनि उनले बताए ।
सवारी धनीसमेत रहेका चालक भिमसेन थापा गाउँपालिका–४ धावाका मदन परियार, चालक दलका धावा घर भएका विनय भट्टराई र फुजेलका नवराज तिवारी, धार्चे गाउँपालिका–७ का सुकबहादुर गुरुङको शव भेटिएको उनले बताए ।
अर्का एक यात्रुको भने पहिचान खुल्न सकेको छैन । धार्चे गाउँपालिका–७ लापुवेशीबाट छुटेको बस शुक्रबार रातिबाट सम्पर्कविहीन बनेको थियो ।
सम्बन्धित समाचार
झ्याप्लेखोलामा पहिरो पन्छाउँदै, शव खोज्दै [तस्बिरहरू]
झ्याप्लेखोला पहिरो [अपडेट] : अहिलेसम्म ३ वटा गाडीबाट ३५ जनाको शव निकालियो
![Jhyaplekhola Landslide [Update]: 5 bodies were recovered from Gorkha bus](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/jhyaple-khola-11-2992024113051-1000x0.jpg&w=1001&h=0)