गोबरगाढा टापुमा पस्यो कोशीको बाढी

कोशीको भंगालोमा घेरिए २ सय ५० जना,नगरपालिकाले पठायो डुंगा

आश्विन १३, २०८१

अवधेशकुमार झा

The flood of Koshi entered Gobargadha island

सप्तरी — सप्तकोशीको मध्य भागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढा टापुमा सोमबार बिहानदेखि कोशीको बाढी पसेको छ । गोबरगाढा बस्तीका घरहरूमा अहिले दुईदेखि चार फिटसम्म पानी बगिरहेको वडाध्यक्ष कुशेश्वर यादवले बताए ।

चारैतिर कोशीको भंगालोले घेरिएको बीचमा गोबरगाढा बस्ती रहेको छ । वडाध्यक्ष यादवका अनुसार अहिले बस्तीमा महिला, बालबालिकासमेत गरी २ सय ५० जना रहेका छन् ।

हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले गोबरगाढाका हरेक घरमा कोशीको पानी पसेको बताए । बस्तीमा पानी पसेपछी उद्धार का लागि सय जनासम्म बोक्न सक्ने डुंगा पठाइएको नगरप्रमुख माझीले जनाए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले गोबरगाढा वस्तीमा पानी पसेको सूचना आएको र नागरिकलाई सुरक्षित गर्न सवन्मय भइरहेको बताए ।

बाढी पहिरो

अवधेशकुमार

Link copied successfully