आगामी ३ दिन भारी वर्षाको सम्भावना न्यून : मौसम पूर्वानुमान महाशाखा

आश्विन १३, २०८१

कान्तिपुर संवाददाता

Chance of heavy rain for the next 3 days is low: Meteorological Forecasting Division

काठमाडौँ — आजदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो जनधनको क्षति हुने गरी तीन दिनदेखि रहेको प्रतिकूल मौसममा आइतबारदेखि सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको हो ।

आगामी तीन दिनका लागि भारी वर्षाको सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ । तर, आगामी २४ घण्टाका लागि कोशी, वाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्क देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

बाढी पहिरो

कान्तिपुर

Link copied successfully