हेटौंडा — अविरल वर्षाका कारणले त्रिभुवन राजपथ, कान्ति लोकपथ, कुलेखानी-फाखेल, कुलेखानी-सिस्नेरी सडक शनिबार बिहानदेखि अवरुद्ध भएको छ ।
त्रिभुभवन राजपथको दामनमा पहिरो गई रुख ढलेको, कुलेखानी-सिस्नेरी र कुलेखानी-फाखेलको सडकको विभिन्न स्थानमा पहिरो गई बाटो अवरुद्ध भएको छ । यसैगरी कान्ति लोकपथको भट्टेडाँडालगायत विभिन्न स्थानमा गएको पहिरोका कारण बिहीबारदेखि उक्त सडक खण्ड बन्द रहेको थियो ।
हेटौंडाबाट काठमाडौं जाने सबै सडक मार्ग अवरुद्ध भएकाले सवारीसाधन र यात्रुहरु अलपत्रमा परेका छन् । हेटौंडा प्रहरीले अहिले राजधानी प्रवेश गर्ने सवारीसाधनलाई जोखिम हुने भन्दै प्रवेशमा रोक लगाएको छ ।
