बाढी र पहिरोले अरनिको र बीपी राजमार्ग अवरुद्ध

आश्विन १२, २०८१

ज्योती श्रेष्ठ

Floods and landslides blocked Araniko and BP highways

काभ्रे — अविरल वर्षाका कारण आएको बाढी र पहिरोले अरनिको र बीपी राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

अरिनको राजमार्ग अर्न्तगत बनेपास्थित पुलबजार क्षेत्र डुबानमा परेकाले राजमार्गमा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिए । 

उनका अनुसार अरनिको राजमार्ग अर्न्तगत धुलिखेल–खावा सडक खण्डको विभिन्न स्थानमा आएको पहिरोका कारण सो क्षेत्रमा पनि यातायात सञ्चालन अवरुद्ध भएको छ । त्यस्तै, जिल्ला स्थिती बीपी राजमार्गमा पनि शुक्रबारदेखि नै यातायात सञ्चालन अवरुद्ध भएको उनले बताए । उनका अनुसार वर्षासहित आएको बाढी र लेदोका कारण राजमार्गका विभिन्न स्थान अवरुद्ध भएका छन् । बाटो खुलाउनको लागि प्रहरी, स्थानीय निकाय र सडक विभागसँग आवश्यक समन्वय भइरहेको उनले जानकारी दिए । 

Floods and landslides blocked Araniko and BP highways

बाढीपहिरो

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully