अर्घाखाँची — सन्धिखर्क–गोरुसिंगे सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । पहिरोसँगै रूख पनि बाटोमा ढलेका छन् ।
राति नरपानी, घुम्ती, दहखोला, सितापुर लगायतका ठाउँमा पहिराले सडक अवरुद्ध गरेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विपिन काफ्लेले बताए । सडक माथिबाट पहिरो खसेपछि गाडी चलेका छैनन् । रातिमा जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अत्यावश्यक बाहेक यात्रा नगर्न सूचना जारी गरेको थियो ।
