सगरमाथा लोकमार्ग अवरुद्ध

श्रावण २२, २०८१

डम्बरसिं राई

Everest Highway blocked

खोटाङ — सगरमाथा लोकमार्ग अवरुद्ध भएको छ । सोमबार रातभर परेको पानीले हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा सडक भत्किएपछि यातायात अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि खोटाङ–उदयपुर गाईघाट हुँदै तराईसँगको सिधा यातायात बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ ।

बाढीपहिरो

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully