काठमाडौँ — रामेछापको मन्थली विमानस्थल तामाकोशी नदीमा आएको बाढीका कारण डुबानमा परेको छ । विमानस्थलमा २ वटा विमान रहेका छन् ।
निरन्तर वर्षाका कारण विमानस्थलको धावनमार्गसम्मै तामाकोशी नदी पुगेको प्रहरीले जनाएको छ । विमानस्थल जलमग्न भएपनि हालसम्म कुनै क्षति नभएको विमानस्थलका उपप्रबन्धक हिरण्य शाहले बताए ।
