गैंडाकोटमा सुरक्षाकर्मीद्वारा ७७ जनाको उद्धार

उद्धारका लागि सेना परिचालन

आश्विन १२, २०८१

नारायण शर्मा

Rescue of 77 people by security personnel in Ghandakot

नवलपरासी — नारायणी नदीको डुवानमा परेर गैँडाकोट नगरपालिका–२ स्थित अक्सफोर्ड कलेजको क्षेत्र र सुकुम्वासी बस्तीमा फसेका ७७ जनालाई सेना सहितको सुरक्षाकर्मीले उद्धार गरेको छ । 

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गैडाकोटको सुकुम्वासी टोलमा फसेका ७७ जनालाई शशस्त्र र नेपाल प्रहरीले उद्धार गरेको बताए । उनीहरु होटल रिभर क्राउन, नारायणी रिसोर्ट र स्थानीय घरहरुमा फसेकाका थिए । 

उनले नारायणीको बाढीले घरडुवानमा परेर निस्कन नसकेकालाई प्रहरीले उद्धार गरी आश्रय दिइएको बताए । पूर्वी नवलपरासी अर्न्तरगत नारायणी नदी किनारका घरहरु बाढीको चपेटामा परेका छन् ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले डुवान परेका क्षेत्रमा उद्धारका लागि सेना परिचालन गरिएको बताए । 

बाढी पहिरो

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully