बाढीपहिरोको कारण पाँचथरमा ५ जनाले ज्यान गुमाए, ६ जना बेपत्ता 

आश्विन १२, २०८१

लक्ष्मी गौतम

5 people died in Panchthar, 6 people are missing due to flood

पाँचथर — पाँचथरमा मात्रै बाढी र पहिरोमा परी ५ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म ६ जना बेपत्ता र एक जनाको उद्धार गरिएको छ ।

पहिरोमा परी फिदिम ४ मा बसोवास गर्दै आएकी २४ वर्षीया सपना शेर्पा, ५ वर्षीया डोल्मा शेर्पा, फिदिम ८ का ८२ वर्षीया पश्चिमा शेर्पा, फिदिम २ मजिटेकी ३५ वर्षीया रञ्जना राई र फिदिम १ का ५० वर्षीय गोपी नेपालीको मृत्यु भएको कार्यालयका प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारीले जनाए ।

फिदिम २ की मृतक रञ्जना राईकी छोरा विपन राईलाई घाइते अवस्थामा उद्धार गरिएको उनको भनाइ छ ।फालेलुङ- ५ की ३६ वर्षीया कमला राई, फिदिम–१ का कृष्ण दास, उनकी श्रीमती कमला दास, धनकुमार तुम्बापो, राजेश तुम्बा पो र उनकी श्रीमती सरस्वती तुम्बापो बेपत्ता भएका छन् । 5 people died in Panchthar, 6 people are missing due to floodफालेलुङ– ५ मा मात्रै बाढीपहिरोबाट ५ घर बगेका छन् । फालेलुङ– ६ र ५ लाई जोड्ने मुवा खोला पुल, फिदिम १ र ११ लाई जोड्ने फेमे खोला पुल, फिदिम ४ हिलिहाङ ७ लाई जोड्ने मेची राजमार्गको हेवा खोला पुल बाढीले बगाएको छ ।

जिल्लाको मिक्लाजुङ गाउँपालिका र फिदिम नगरपालिकाका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोले पुर्‍याएको क्षतिको यकिन विवरण संकलन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

बाढी पहिरोबाढीपहिरो

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully