काठमाडौं उपत्यकामा बाढी : २३ को मृत्यु, ९१८ को उद्धार

आश्विन १२, २०८१

कान्तिपुर संवाददाता

Flood in Kathmandu Valley: 23 dead, 918 rescued

काठमाडौँ — अविरल वर्षका कारण बिहीबार रातिदेखि आएको बाढी, पहिरो र डुबानका कारण २३ जनाको मृत्यु भएको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार शनिबार १२ बजेसम्म २३ जनाको मृत्यु भएको छ । ११ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अरू केही बेपत्ता छन् । 

प्रहरीका अनुसार काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ५ जनाको बाढी, पहिरो, डुवान र घर भत्केर मृत्यु  भएको छ । 

बाढीबाट प्रभावित ९१८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । बाढी र डुबानबाट प्रभावितलाई उद्धार गर्नका लागि ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको उपत्यका प्रहरीले जानकारी दिएको छ । 

बाढी पहिरो

कान्तिपुर

Link copied successfully