काठमाडौँमा मात्रै २३६ घर डुवानमा

आश्विन १२, २०८१

कान्तिपुर संवाददाता

236 houses in Duwan only in Kathmandu

काठमाडौँ — भारी वर्षापछि बागमती र यसका सहायक नदीहरूमा आएको बाढीका कारण काठमाडौँमा मात्रै २३६ घर डुवानमा परेका छन् । ललितपुर र भक्तपुरमा अझै धेरै घरहरू डुवानमा परेका छन् । तर विवरण यकिन भइसकेको छैन ।

बाढी, पहिरो र घर भत्केर उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको मृत्यु भएको छ भने अझै केही बेपत्ता छन् । प्रहरीले बाढीमा फसेकाहरूको उद्धार गरिरहेको छ ।

डुवानमा परेका स्थानीयलाई सुरक्षित सार्ने र उद्धार गर्ने कार्यमा उपत्यकामा चार हजार एक सय जना प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

तीन जिल्लामा गरी ५३४ जना सशस्त्र प्रहरीलाई उद्धार कार्यमा खटाइएको छ ।  शनिबार दिउँसो १ बजेसम्म काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको बाढी, पहिरो, डुवान र घर भत्केर मृत्यु भएको छ ।

बाढी पहिरो

कान्तिपुर

Link copied successfully