कृषि, वागबानी र पशु चिकित्सातर्फ स्नातक तहको प्रवेश परीक्षा स्थगित

आश्विन १२, २०८१

कान्तिपुर संवाददाता

Postponed the entrance exam for Bachelor of Agriculture, Agriculture and Veterinary Medicine

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले कृषि, वागबानी र पशु चिकित्सा स्नातक तह भर्नाको प्रवेश परीक्षा स्थगित भएको छ ।

शुक्रबारदेखि अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको भन्दै त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीन कार्यालयले शनिबारका लागि तोकेको प्रवेश परीक्षा स्थगित गरेको हो ।

अर्को परीक्षाका लागि पुन: सूचना निकालेर जानकारी दिइने निमित्त डीन एवम् भर्ना समितिका संयोजक किशोर चन्द्र दाहालले जानकारी दिए । 

बाढी पहिरो

कान्तिपुर

Link copied successfully