बाढीपहिरो : काभ्रेमा ६ जनाको मृत्यु, १४ जना बेपत्ता

आश्विन १२, २०८१

ज्योती श्रेष्ठ

Floods: 6 dead, 14 missing in Kavre

काभ्रे — अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट काभ्रेमा ६ जनाको मृत्यु भएको छ । अरू १४ जना बेपत्ता रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परेर हालसम्म ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् । 

उनका अनुसार, मृत्युु हुनेमा १ जना महिला, २ जना पुरुष , २ जना बालक र १ जना बालिका गरेर ६ जना रहेका छ्न् । 

त्यस्तै, बाढी पहिरोमा परेर जिल्लाका विभिन्न स्थानका १४ जना बेपत्ता भएको र १३ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । 

बाढी पहिरो

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully