काठमाडौँ — जिल्ला सदरमुकाम धादिङबेंसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेंसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ ।
नीलकण्ठ नगरपालिका–८ दारेगौंडा र साघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । अहिले त्यस क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । केही वर्ष अघिदेखि पहिरो खस्दै आएको स्थानमा फेरि पहिरो आएको स्थानीयले बताएका छन् ।
पहिरोले ढुंगा र रुखहरु खसेकाले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।
