सौर्य एयरलाइन्स जहाज दुर्घटना : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

श्रावण ९, २०८१

कान्तिपुर संवाददाता

Solar Airlines plane crash: Tribhuvan International Airport in operation

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । दिउँसो १ बजेदेखि विमानस्थल नियमित सञ्चालनमा आएको विमानस्थलले जनाएको छ ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा विमानस्थल परिसरमै सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उड्डयनकर्मीका लागि जारी गरिने सूचना (नोटाम) १२:४५ बजेसम्म जारी गरेको थियो । 

नोटामका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने र अवतरण गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए । जसका कारण मलेसियाको क्वालालुम्पुरबाट आएको मलेसिया एयरलाइन्सको जहाज डाइभर्ट गरिएको थियो । यो समयमा अवतरण तालिका पाएका कतिपय विमानलाई होल्ड गरिएको थियो ।

सौर्य एयरलाइन्स जहाज दुर्घटना

कान्तिपुर

Link copied successfully