काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।' बुधबार करिब ११ :११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिररहेको स्थानमा दुर्घटना भएको थियो । दुर्घटना भएको जहाजले विमानस्थलमा राखिएको एक कन्टेनरलाई ठक्कर दिँदै बजारिएको तल भुईँमा बजारिएको थियो ।
सौर्य एयरलाइन्समा सवार व्यक्तिहरूको नामावली
कति बेला के भयो ?
११ :११ बजे - सौर्य एयरलाइन्सको जहाज पोखराका लागि उडान
११:१५ : जहाज दुर्घटनाको खबर प्रहरीले वाकीटकीमा मार्फत पायो ।
११:३४ : जहाजका क्याप्टेन एमआर शाक्यको घटनास्थलबाट उद्धार ।
११:४० : दुर्घटनास्थलमा लागेको आगो पूरै निभाइयो ।
११:५० : चालक दलका २ सदस्यसहित कम्तीमा १९ जना विमानमा सवार रहेको जानकारी प्राप्त ।
११:५१ : दुर्घटनास्थलबाट संकलित शवहरु त्रिवि शिक्षण अस्पतालमा लगियो ।
प्रकाशित : श्रावण ९, २०८१ १३:११