सौर्य जहाज दुर्घटना : १८ जनाको मृत्यु, पाइलटको उद्धार

श्रावण ९, २०८१

सुरज कुँवर, स्वरूप आचार्य

Solar ship crash: 18 dead, pilot rescued

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।' बुधबार करिब ११ :११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिररहेको स्थानमा दुर्घटना भएको थियो । दुर्घटना भएको जहाजले विमानस्थलमा राखिएको एक कन्टेनरलाई ठक्कर दिँदै  बजारिएको  तल भुईँमा बजारिएको थियो । 

Solar ship crash: 18 dead, pilot rescued

सौर्य एयरलाइन्समा सवार व्यक्तिहरूको नामावली 

Solar ship crash: 18 dead, pilot rescued

कति बेला के भयो ?

११ :११ बजे - सौर्य एयरलाइन्सको जहाज पोखराका लागि उडान

११:१५ : जहाज दुर्घटनाको खबर प्रहरीले वाकीटकीमा मार्फत पायो ।

११:३४ : जहाजका क्याप्टेन एमआर शाक्यको घटनास्थलबाट उद्धार ।

११:४० : दुर्घटनास्थलमा लागेको आगो पूरै निभाइयो ।

११:५० : चालक दलका २ सदस्यसहित कम्तीमा १९ जना विमानमा सवार रहेको जानकारी प्राप्त ।

११:५१ : दुर्घटनास्थलबाट संकलित शवहरु त्रिवि शिक्षण अस्पतालमा लगियो । 

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

स्वरूप आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

Link copied successfully