कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बीपी र मदन भण्डारी राजमार्ग अवरुद्ध

सिन्धुली — लगातारको वर्षापछि खसेको पहिरो र बाढीले बीपी र मदन भण्डारी राजमार्ग शुक्रबार बिहानैदेखि अवरुद्ध भएको छ ।

बीपी र मदन भण्डारी राजमार्ग अवरुद्ध

बीपी राजमार्गको नेपालथोक–धुलिखेलखण्ड अन्तर्गत काभ्रेको माम्ती खोला बाढीले बीपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

मदन भण्डारी राजमार्गको हरिहरपुरगढी गाउँपालिका हाक्पारामा पहिरो खसेर खस्दा यातायात अवरुद्ध भएको सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

दुवै राजमार्गको अवरोध हटाउने प्रयास भइरहेको छ । गोलन्जोर गाउँपालिका-६ अक्करे भीर र फिक्कल गाउँपालिका-२ सुम्नामबेंसीमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।

प्रकाशित : असार २८, २०८१ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×