सिन्धुली — लगातारको वर्षापछि खसेको पहिरो र बाढीले बीपी र मदन भण्डारी राजमार्ग शुक्रबार बिहानैदेखि अवरुद्ध भएको छ ।
बीपी राजमार्गको नेपालथोक–धुलिखेलखण्ड अन्तर्गत काभ्रेको माम्ती खोला बाढीले बीपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
मदन भण्डारी राजमार्गको हरिहरपुरगढी गाउँपालिका हाक्पारामा पहिरो खसेर खस्दा यातायात अवरुद्ध भएको सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
दुवै राजमार्गको अवरोध हटाउने प्रयास भइरहेको छ । गोलन्जोर गाउँपालिका-६ अक्करे भीर र फिक्कल गाउँपालिका-२ सुम्नामबेंसीमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।
