२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

भूकम्पमा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति रकम वितरण सुरु

हरिहरसिंह राठौर

जाजरकोट — गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ज्यान गुमाएकाका परिवारका सदस्यलाई नेपाल सरकारले सोमबारबाट नगद राहत वितरण सुरु गरेको छ । 

भूकम्पमा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति रकम वितरण सुरु

जिल्ला प्रशासन कार्यालयले सदरमुकाम खलंगाको थाप्लेबाट नगत वितरण सुरु गरेको हो । थाप्लेमा १३ जनाले ज्यान गुमाएका थिए । नेपाल सरकारले एक जना मृत्यु भएको परिवारलाई दुई लाख र एकै परिवारमा एकभन्दा बढीको मृत्यु भएकाहरूलाई थप एक लाखका दरले दरले क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार सरकारले गरेको निर्णय बमोजिम नै राहत वितरण सुरु गरिएको हो ।


जाजरकोट जिल्लामा मात्रै भूकम्पमा परी १ सय १ जनाले ज्यान गुमाएका छन् । प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिकामा रहेका पीडितलाई मंगलबारबाट रकम वितरण गरिने छ ।


उक्त भूकम्पमा परेर १ सय ५६ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ ।


प्रकाशित : मंसिर ४, २०८० २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?