रुकुम पूर्व केन्द्रविन्दु भएर आइतबार दुईवटा भूकम्प

मंसिर ३, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — रुकुम पूर्व केन्द्रविन्दु भएर आइतबार स-साना दुईवटा भूकम्प गएका छन् । दिउँसो २ बजेर ५९ मिनेट जाँदा रुकुम पूर्वको टाका केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युड र ४ बजेर ४७ मिनेट जाँदा हुकम केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि सो क्षेत्रको आसपास सयौंको संख्यामा स-साना भूकम्पहरु गइरहेका छन् ।

जाजरकोटमा भूकम्प गएपछिको विशेष गरेर जाजरकोटसहित रुकुम पश्चिममा धेरै जनधनको क्षति भएको छ ।

जाजरकोट भुकम्प

कान्तिपुर

Link copied successfully