२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२
जाजरकोट भुकम्प

जाजरकोट भूकम्प : लयमा फर्कँदै 'इपिसेन्टर'

वैशाख १९, २०८१

गत कार्तिक १७ गते मध्यरातमा गएको भूकम्पको केन्द्रबिन्दु जाजरकोटको फुलबारी लेकै मुन्तिरको रमाइलो सुन्दर मगरबस्ती सिर्पाचौरमा पुन र घर्ती समुदायको १ सय ९० घरधुरी छ । अहिले सिर्पाचौरका खेतबारी ज...

अस्थायी टहरा बनाउन जनशक्ति अभाव

सानीभेरी गाउँपालिका–४ गोलचौरकी डम्बरा विक भूकम्पले भत्किएको आफ्नो घरछेउमा अस्थायी टहरा बनाउने सुर कसेको धेरै भयो । तर केही मेसो आएको छैन । कारण हो, काममा सघाउने मान्छेको अभाव । उनका श्रीमान् वैदेशिक रोजगारीमा छन् ।

त्रिपालमुनि गयो ३४ को ज्यान 

चिसो र झाडापखालाका कारण डेढ महिनायता जाजरकोट र रुकुम पश्चिमका ३४ जना भूकम्पपीडितको ज्यान गएको छ । जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ मध्यरातमा गएको भूकम्पपछि खुला आकाशमुनि रात बिताउन बाध्य पीडितहरूमध्ये जाजरकोटका २९ र रुकुम पश्चिमका ५ जनाको ज्यान गएको हो । जसमा १ महिने शिशुदेखि ८९ वर्षीया वृद्धासमेत छिन् । 

भेरी त्रिवेणी माविमा नेविसंघले बनायो अस्थायी टहरा

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जाजरकोटको रिम्मामा रहेको भेरी त्रिवेणी माध्यमिक विद्यालयमा छ कोठे अस्थायी टहरा निर्माण गरी हस्तान्तरण गरेको छ । भूकम्प गएको करिब एक महिना बित्दासम्म सरकारले निजी आवासकै लागि समेत अस्थायी संरचना खडा गर्न सकेको छैन, विद्यालय भवन निर्माण र संचालनका काम झन् सुरुआतै भएको छैन ।

चिसोले लियो २२ भूकम्पपीडितको ज्यान

भूकम्पका कारण घरबास गुमाएपछि त्रिपालमा बस्दै आएका भूकम्पपीडितले चिसोका कारण धमाधम ज्यान गुमाउन थालेका छन् । वडा कार्यालयहरूका अनुसार बिहीबारसम्म चिसोले मृत्यु हुनेको संख्या २२ पुगेको छ । जसमा जाजरकोटमा १९ र रुकुम पश्चिममा ३ जनाको ज्यान गएको हो । 

चिसोले रुकुम पश्चिममा ३ जना भूकम्पपीडितको मृत्यु [अपडेट]

चिसोका कारण रुकुम पश्चिममा तीन जना भूकम्पपीडितको ज्यान गएको छ । आठविसकोट नगरपालिका-१४ पिपलचौरका ६२ वर्षीय खगीजैसी, ६४ वर्षीय टिके जैसी र सोही नगरपालिका-११ डाँडागाउँका ७५ वर्षीय नौले पुनमगरको मृत्यु भएको हो । 

रुकुम पश्चिममा चिसोले २ जना भूकम्पपीडितको मृत्यु

चिसोका कारण रुकुम पश्चिममा दुई जना भूकम्पपीडितको ज्यान गएको छ । आठविसकोट नगरपालिका-१४ पिपलचौरका ६२ वर्षीय खगीजैसी र ६४ वर्षीय टिके जैसीको मृत्यु भएको हो । 

चिसो बढेसँगै त्रिपालमा बस्दै भूकम्पपीडितमा ज्वरोको प्रकोप बढ्यो 

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर कार्तिक १७ गते शुक्रबार राति गएको भूकम्पले घर भत्किएपछि दार्मा गाउँपालिका-२, लिरापाजाका ३५ वर्षीया लीला खत्री पाँच जनाको परिवारसहित २५ दिनदेखि भत्किएको घर नजिकै त्रिपाल मुनि बस्दै आएकी छिन् । सुरुसुरुमा उनलाई रुघाखोकीको समस्या देखिएको थियो । औषधि खाएपछि बिसेक भयो । तर केही दिन यता बढेको चिसोले उनलाई पुनः ज्वरोले सताएको छ । चार वर्षकी छोरीलाई पनि ज्वरोले गलाएको छ । 

५२ हजार घरमा क्षति, बने ५ सय टहरा 

जाजरकोट भूकम्पले घरबारविहीन भई पाल टाँगेर बसिरहेका पीडितहरू थप सकसमा छन् । चिसोले बिरामी परिरहेका उनीहरूलाई कहिलेसम्म अस्थायी टहरामा सारिनेसमेत टुंगो हुन सकेको छैन । राजनीतिक दल, संघसंस्था र व्यक्तिगत रूपमा अस्थायी टहरा बनाउने काम भइरहे पनि सरकारीस्तरबाटै ठोस रूपमा काम हुन सकेको छैन ।

गाँसबासकै चिन्तामा भूकम्पपीडित

भूकम्पमा दुईवटा घर भत्किएपछि आठ जनाको परिवारसहित नलगाड नगरपालिका–४ च्युरीदाराका ४५ वर्षीय भक्तबहादुर विक त्रिपालमुनि बस्दै आएका छन् । ६ रोपनी जग्गा भए पनि त्यहाँको उब्जनीले ३ महिना पनि खान नपुग्ने भएपछि उनलाई मजदुरीका लागि बर्सेनि भारत जानुपर्ने बाध्यता छ ।

चिसो बढेसँगै त्रिपालमा मुस्किल

भूकम्पबाट घर भत्किएपछि कुशे गाउँपालिका–९ मोताई गाउँका ५३ वर्षीय रामसिलम गिरीको परिवार त्रिपालमा बस्दै आएको थियो । रामसिलम दमका बिरामी थिए । वडाध्यक्ष शिवराज गिरीका अनुसार चिसोले गर्दा रामसिलमको दम बढिरहेको थियो । स्वास्थ्य अवस्था कमजोर हुन थालेपछि उपचारका लागि जिल्ला अस्पताल लैजाने तयारी गरियो ।

भूकम्पबाट प्रहरी कार्यालय भत्किएपछि त्रिपालबाटै काम

जाजरकोट बारेकोट गाउँपालिका-१, रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । प्रहरी कार्यालयमा क्षति पुगेसँगै प्रहरी त्रिपालमा काम गर्न बाध्य भएका छन् । 

चिसोले थप २ को मृत्यु

भूकम्पका कारण घरबास गुमाएका जाजरकोटका थप दुई भूकम्पपीडितको बुधबार ज्यान गएको छ । कुशे गाउँपालिका–९ मोताई गाउँका ५३ वर्षीय रामसिलम गिरी र नलगाड नगरपालिका–४ की २८ वर्षीया धनकुमारी खत्रीको मृत्यु भएको हो । योसँगै अत्यधिक चिसोका कारण ज्यान गुमाउने भूकम्पपीडितको संख्या १० पुगेको छ । 

४२ विद्यार्थी जो अब हाजिर हुने छैनन्

दसैंदेखि बिदा भएको झन्डै एक महिनापछि आठबिसकोट नगरपालिका–१४, ज्यामिरकोटस्थित जनविकास माध्यमिक विद्यालयमा गत सोमबार बिहान घण्टी बज्यो, विद्यार्थी चौरमा पंक्तिबद्ध भए । लामो अन्तरालमा भेटिँदा पनि सहपाठी र शिक्षकबीच कुनै उत्साह देखिँदैनथ्यो, बरु निराशा र शोकले सन्नाटा छाएको छ ।

भूकम्पको कहर : पालमुनी पढाइ

आठबीसकोट नगरपालिका–१४  ज्यामिरकोटको जनविकास माध्यमिक विद्यालय दसैं–तिहारको करिब एक महिना लामो बिदापछि गत सोमबारबाट खुल्यो । सधैंझैं घण्टी बज्यो, विद्यार्थी आए र प्रर्थना समय सुरु भयो । लामो बिदापछि विद्यालय खुल्दा जुन प्रकारको उत्साह हुन्थ्यो, त्यो देखिएन ।

चिसोले भूकम्पपीडित शिशुको मृत्यु

अत्यधिक चिसोका कारण जाजरकोटको भेरी नगरपालिका–२ मा एक शिशुको मृत्यु भएको छ । जिल्ला अस्पतालका अनुसार भेरी नगरपालिका–२ पुरानोरिसाङका हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुताको चिसोका कारण निमोनिया हुँदा मृत्यु भएको हो ।

मंसिर ७ भित्र भूकम्पबाट भएको क्षतिको विवरण संकलन गर्न निर्देशन

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण यही मंसिर ७ भित्र पठाउन पालिकाहरुलाई निर्देशन दिएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह सहभागी थिए । 

भूकम्पपीडितलाई अस्थायी आवासबापतको रकम कसरी दिइन्छ?

सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ । भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले रु एक अर्ब ४१ करोड निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए ।