भूकम्पमा परेर घाइते नगर प्रहरीका जवानको मृत्यु, मर्नेको संख्या १५४ पुग्यो

कार्तिक २४, २०८०

तृप्ति शाही

वीरेन्द्रनगर — जाजरकोट भूकम्पमा परी घाइते भएका २३ वर्षीय निरोज विष्टको मृत्यु भएको छ । रुकमपश्चिमको चौरजहारी नगरपालिका-१ का स्थायीबासी उनी नगरपालिकाको नगर प्रहरीको जवान थिए । उनको मृत्यु भएसँगै भूकम्पमा परी मृत्यु हुनेकोझ संख्या १५४ पुगेको छ ।

गत शुक्रबार मध्यरातमा गएको भूकम्पपछि उद्धारका लागि मोटरसाइकलमा जाँदै गर्दा बाटोमा माथिबाट खसेको पहिरोमा परेका उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारकालागि सुर्खेतको कालागाउँस्थित प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । उपचारको क्रममा शुक्रबार विहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । 

यससँगै जाजरकोट भूकम्पबाट मृत्यु हुनेको संख्या १५४ पुगेकोछ । यसअघि भूकम्पमा परी रुकुमपश्चिमका ५२ र जाजरकोटका १०१ जनाको मृत्यु भएको थियो । 

जाजरकोट भुकम्प

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully