कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिङ सडक अवरुद्ध

श्रावण २३, २०८०

रासस

काठमाडौँ — नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६  स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाउन तयारी भइरहेको उनले जानकारी दिए ।

पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक–पटक पहिरो खस्दै आएको छ ।

बाढीपहिरो

रासस

Link copied successfully