थुनछेक बहसका लागि खाण‚ रायमाझीसहित पक्राउ परेका सबै आरोपित जिल्ला अदालतमा उपस्थित

जेष्ठ २१, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधसम्बन्धी मुद्दाको थुनछेक बहसका लागि आरोपितहरू बालकृष्ण खाण‚ टोपबहादुर रायमाझीलगायत १८ जनालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । 

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये हाल थुनामा रहेकासँग अदालतले थुनछेक बहसअघिको बयान लिएको थियो ।

थुनछेक बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । शुक्रबार अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिएको थियो । बाँकीसँगको बयान यसअघि नै सकिएको थियो ।


तस्बिर : केशव थापा/कान्तिपुर

थुनछेक बहस सकिएपछि आरोपितलाई साधारण तारेखमा वा धरौटीमा छोड्ने वा पूर्पक्षका क्रममा कारागार पठाउने टुंगो लाग्छ । 

नक्कली शरणार्थी प्रकरण

कान्तिपुर

Link copied successfully