बुटवल-नारायणगढ मुलुककै खराब सडक : गृहमन्त्री खाँण

‘पहिलेको सरकारले सबै सडक भत्काउँदा अहिले सास्ती भयो । बीचको पिच बाँकी राखेको भए यति असह्य हुने थिएन ।’

कार्तिक २३, २०७९

दीपेन्द्र बडुवाल

बुटवल — रुपन्देही–३, बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड मुलुककै खराब सडक बनेको बताएका छन् । 

यहाँ आयोजित अगुवा कार्यकर्ता भेलामा सडकको खराब अवस्थाका कारण मुलुकभरिका नागरिक प्रताडित बनिरहेको बताए । रुपन्देहीको बुटवलदेखि चितवनको नारायणगढसम्म राजमार्गको उक्त खण्ड बजार क्षेत्रमा ६ र अन्यमा चार लेनमा विस्तार भइरहेको छ ।

निर्माण कम्पनीले छिटो काम नसक्दा अहिले यात्रुले सास्ती खेप्नु परेको छ । सार्वजनिक यातायातमा उक्त खण्ड पार गर्न तीन घण्टा लाग्ने गर्थ्यो । अहिले उक्त खण्ड पार गर्न ५ देखि ६ घण्टा कष्टप्रद यात्रा गर्नु परिरहेको छ । 

‘तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको चौराहामा पुरानो बाटोको नयाँ शिलान्यास गर्नुभयो,’उनले भने, ‘त्यसबेलादेखि बिग्रेको सडक अहिले गठबन्धन सरकारले समेत सुधार्न सकेको छैन ।’ त्यसबेला सरकारका प्रतिनिधिलाई कालोपत्रे नभत्काई दायाँबायाँ निर्माण गरौं भन्दा नमानेको उनले बताए । ‘सबै सडक भत्काउँदा अहिले सास्ती भयो,’उनले भने, ‘बीचको पिच बाँकी राखेको भए यति असह्य हुने थिएन ।’

आमनिर्वाचन २०७९

दीपेन्द्र

Link copied successfully